इट्टा भट्टाहरुलाई बालवालिका मुक्त गर्ने प्रतिवद्दता

बुटवल, भदौ २५ गते । लुम्बिनीका इट्टा व्यवसायीले इट्टा भट्टालाई बालवालिका तथा बालश्रम मुक्त उधोग बनाउने प्रतिवद्दता  जनाएका छन् । अबका दिनमा कुनैपनि इट्टा भट्टाहरुमा बालवालिकालाइ त्यत्तिकै नराखिने र पढ्नका लागि स्कुल पठाउने बताएका छन् ।

 


इट्टा भट्टाहरुलाई बालश्रम मुक्त गराउनका लागि तयारी पुरा भएको र घोषणा मात्र गर्न बांकी रहेको जानकारी गराएका छन् । नेपालको कानुनले बालश्रमको निषेध गरेकाले सोही काुनको पालन गरी इट्टाभट्टामा बालवालिका मुक्त गरिने बताए । पहिला पनि बालवालिकालाई काममा नलगाइएको र आफ्ना अभिभावक काममा आउंदा बालवालिकासंगै ल्याएर आउने हुंदा इट्टा व्यवसायीले बालश्रम शोषण गरे भन्ने आरोप लागेको व्यवसायीको गुनासो छ ।

नेपाल इट्टा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सोमबार रुपन्देहीको सैनामैनामा भएको भेलाबाट लुम्बिनीका इट्टा व्यवसायीले इट्टा भट्टाहरु बालवालिकारहित बनाउने प्रतिवद्वता जनाए । इट्टा भट्टाहरुमा बालश्रम मुक्त गराई बालविकास केन्द्र स्थापना गरी मजदुरका छोरा छोरीहरुलाई शिक्षाको व्यवस्था मिलाउने बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल इट्टा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष केपी अबालेले श्रमको सम्मान गर्ने र बालवालिकालाई काममा होइन शिक्षामा लगाउने बताए । इट्टा भट्टामा बालवालिकाको सहभागिता भएपनि बालश्रम नभएको दावी गर्दै उनले भने – उत्पादन बढेपनि माघ घट्दै गएपछि इट्टा व्यवसायीले घांटाको व्यापार गर्नुपरेको विक्रम बर्जचार्यले बताए ।

बालविकास केन्द्र स्थापना गरेर मजदुरका छोरा छोरीलाई पढ्नका लागि स्कुल पठाउने गरी व्यवस्था मिलाइएको विक्रम बर्जचार्यले बताए ।

उक्त भेलामा बोल्दै इट्टा व्यवसायी गुणनिधी भुसाल, केशव भण्डारी, गोर्कण खड्का र नेपाल इट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीलगायतले बोल्दै उत्पादन भएका इट्टा विक्री नहुंदा इट्टा व्यवसायीले बैंकको व्याजपनि तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

निर्माणका कामहरु नहुंदा इट्टा विक्री नभएपछि घाटा लागेको बताउने इट्टा व्यवसायी अब उत्पादन लागत घटाउने विषयमा इट्टा व्यवसायीले छलफल चलाउने सोंचमा छन् ।