लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको रक्तदानमा ४६ युनिट रगत संकलन

बुटवल, साउन २ गते । मानवीय सेवामा क्रियाशील लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले कोभिड १९ को महामारीमा अन्य रोगहरुका बिरामीलाइ रगत अभाव भइरहेको अवस्थालाई ध्यान दिदै स्थापना दिवसको अवसरमा लियो क्लब अफ मेट्रोसिटी संगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

बुटवलस्थित ब्लड बैंकमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष लायन नवराज वन्जाडे नविनले रोगसँग डराएर होइन सावधानीपूर्वक लडेर विजय प्राप्त गरी मानव सेवामा जुटनु अहिलेको आवश्यक्ता हो भन्नुभयो । लायन जीवन गौतमले सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रमको आयोजना गर्नुनै मानवीय धर्म भएको बताउनुभयो ।

लायन नवराज वेलवासेको संयोजन गरेको कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, जोन चियर पर्सन विदुर पौडेल, रिजन चेयर पर्सन संस्थापक अध्यक्ष लायन बिनोद सुवेदी, द्वितिय उपाध्यक्ष प्रदीप जीसी, एरिया सचिव उमानाथ अधिकारी लगायतको रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो । लियो क्लब अफ बुटवल मेट्रोसिटीका अध्यक्ष दीपेन्द्र पौडेलले कार्यक्रमको समापन गर्नुभएको थियो ।