गुल्मीको मदानेमा सिसिटिभी क्यामरा जडान

बुटवल, साउन १६ । समयको माग अनुसार गाउंगाउंमा खोलिएका बाटा र प्रविधिको प्रयोग बढेसंगै गाउंमा चोरी, डकैती बढ्न थालेको छ । विकासको क्रमसंगै ग्रामिण क्षेत्रहरुमा बाटाहरु विस्तार गरिएपछि चोरी डकैती बढ्न थालेपछि गाउंमा असुरक्षा बढेको हो ।

असुरक्षा बढेको महसुस भएपछि गुल्मीका ग्रामिण क्षेत्रमा सिसिटीभी म्यामरा जडान गरिएको छ । गुल्मीको मदाने गाउंपालिकाको विभिन्न ठाउंमा ८ वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ ।

मदाने गाउंपालिकामा शान्ति सुरक्षा कायम गर्ने उद्वेश्यले सिसिटिभि क्यामेराहरु जडान गरी गरिएको गाउंपालिकाले जनाएको छ । विशेष गरेर गाउंपालिका नागरिकले असुरक्षाको महसुस गरेपछि सुरक्षाको प्रत्याभूति दिनका लागि ८ वटा सिसिटिभी जडान गरिएको हो । गाउंपालिकाका नागरिकको आग्रहलाई स्वीकार गरी मदाने गार्उंपालिकाका अध्यक्ष दानबहादुर केसीले सिसिटिभि क्यामेराको व्यवस्थापन गरिएको बताए ।

गाउंपालिकाका अध्यक्ष केसीले एक कार्यक्रमको आयोजना गरी सिसिटिभी क्यामरा जडानको उद्घाटन गरेका हुन् । अपराध र असुरक्षाका बिरुद्व सिसिटिभी क्यामरा जडान गरिएको बताउदै गाउंमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी प्रशासनदेखि सबैपक्षसंग सहकार्य र एकता आवश्यक रहेको बताए ।

मदाने गाउंपालिकाको सहयोगमा इलाका प्रहरी कार्यालय परिसरभित्र र पुर्कोटदह बजारक्षेत्रका विभिन्न ठाउंमा ८ वटा सिसिटिभी क्यामराहरु जडान गरिएको छ । आवश्यक अनुसार सिसिटिभी क्यामरा बढाउन सकिने र गाउंपालिकावासीलाई सुरक्षाको प्रत्याभूति गराउने गाउंपालिकाले प्रतिवद्वता जनाएको छ ।

गाउंपालिकाको बजार क्षेत्र, मुख्य चोच र सम्भावित स्थानमा सिसिटिभी क्यामरा जडान गरिएपछि अपराधजन्य घटनाहरु न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।