सुन्दर यातायातले नेपालमा विद्युतीय गाडी चलाउने


श्यामलाल पोखरेल बुटवल, साउन २२ । सुन्दर ट्र«ेडर्स प्रालिले विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने भएको छ । विद्युतीय सार्वजनिक सवारी साधान सञ्चालन गर्नेगरी सुन्दर ट्र«ेडर्स प्रालि र काशीस ई मोविलिटी प्रालि नयांदिल्लीबीच सम्झौता गरिएको हो । सम्झौता पत्रमा सुन्दर ट्र«ेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फवाट प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाबीच हस्ताक्षर भएको छ । रुपन्देहीको तिलोत्तमामा शुक्रबारबार पत्रकार सम्मेलनको आयोजना गरी सम्झौता गरिएको हो ।

समयको माग अनुसार विद्युतीय सवारी साधनहरु सञ्चालन गर्न थालिएको सुन्दर टे«डर्सका अध्यक्ष भेषबहादुर थापाले बताए । काशीसले विद्युतीय सवारी साधनको आपूर्ति, प्राविधिक सहयोग गर्ने र सुन्दर यातायातले सञ्चालनको जिम्मा लिने अध्यक्ष थापाले जानकारी गराए । नेपालमा पहिलोपटक विद्यतीय सार्वजनिक सवारी चलाउने सस्था सुन्दर ट्र«ेडर्सको भगिनी सस्था सुन्दर यातायात हो ।
जसले अहिले पनि काठमाण्डौमा विद्युतीय सवारी चलाईरहेको छ । नेपालका मुख्य शहरहरुमा विद्युतीय सवारी साधन चलाउने गरी भएको सम्झौता अनुसार दुई वर्षमा ५ सय साधनहरु चलाउने दावी छ । यसका साथै एक वर्षभित्र नेपाली ब्राण्डका विद्युतीय वसहरु वजारमा गुडाइने सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेले जानकारी गराए । सञ्चालक घिमिरेका अनुसार काशिसले जर्मन प्रविधियुक्त वस आपूर्ति गर्नेछ । त्यसरी ल्याइने साधनको भुक्तानी अवधि ८ वर्षको हुनेछ ।

सम्झौता भएको ६० दिनभित्र २० वटा वस नेपाल ल्याइने र ८० वटा वसको चेसिस र थप ४ शय सैनामैनामै एसेम्वल भएका वसहरु उपलब्ध गराउने योजना छ । रुपन्देहीको सैनामैनामा एसेम्वल प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकाले अव छिटै टेण्डर प्रक्रियामा जाने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एसेम्वल प्लान्टमा पहिलो चरणमा तीन अर्ब ६० करोड लगानी गरिने र दोश्रो चरणमा २ अर्व ४० करोड र पूर्ण रुपमा कम्पनी सञ्चालनमा आउंदा ८ अर्व ५० करोडदेखि ९ अर्वसम्म लगानी हुने सुन्दर ट्र«ेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी गराए । २०८८ सालसम्म पेट्रोलियम पद्वार्थबाट चल्ने हलुका सवारी साधनलाई विस्थापित गर्ने नीति लिएको छ । चीनबाट गाडीका पार्टपूर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा कम्तिमा २० देखि २२ लाख रुपैयां सस्तो पर्ने सुन्दर ट्र«ेडर्स प्रालिको दावी छ । विद्युतीय सवारस्का साधनप्रति आर्कषण बढेकाले रुपन्देहीबाट सुन्दर यातायात प्रालिबाट कारोवार शुरु गर्ने गरी लगानी गरिएको सञ्चालक उमलाल बञ्जाडेको भनाइ छ । रुपन्देहीको सैनामैनामा २५ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ ।
जग्गाको सुन्दर यातायातले वार्षिक ६ लाख रुपैयां तथा नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा नगरपालिकाभित्रका एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाइदिने पनि सहमति भएको सुन्दर यातायात प्रालिले बताएको छ । सुन्दर यातायातले नै नेपालमा सबैभन्दा पहिलो विद्युतीय सार्वजनिक यातायात सञ्चालनमा ल्याएको थियो ।
अहिले काठमाडौं उपत्यकाको चक्रपथमा दुईवटा विद्युतीय सार्वजनिक यातायात सञ्चालन गरिरहेको छ । सार्वजनिक यातायातका रुपमा विद्युतीय गाडी सञ्चालन गरेको सुन्दर यातायातले सैनामैनामा विद्युतीय गाडीको एसेम्बल स्थापना गर्न लागेको हो । प्रालि सञ्चालकहरुले पहिलो पटक सैनामैनाका स्कुल र सामाजिक संघसस्थालाई ५० प्रतिशत डिस्काउनमा विद्युतीय सवारीका साधन उपलब्ध गराउने प्रतिवद्वता जनाएका छन् ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










