यातायात स्वतन्त्र मजदुर संगठन ट्रकको अध्यक्षमा दर्लामी

बुटवल, मंसिर १८ गते । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक इकाई समितिको अध्यक्षमा कृष्णबहादुर दर्लामी निर्वाचित भएका छन् । संगठनको ११ औ अधिबेशनबाट अध्यक्षमा दर्लामी निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्ष किरण खाम्चा, सचिव नरेस खत्री, सह सचिव हुकुमबहादुर पाण्डे मगर, कोषाध्यक्ष रेवतबहादुर दर्लामी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कुलबहादु्र राना र कृष्ण बहादुर बिक निवाचीत भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्विनी प्रदेश सचिव हुमबहादुर क्षेत्रीले जानकारी गराएका छन् ।

कार्यक्रम बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरेले मजदुरका समस्याप्रति मजुर संगठनहरु एकतावद्द हुनुपर्ने बताए । मजदुरहरुले सरकारले तोतिको तलब अहिलेसम्म नपाएको गुनासो गर्दै मजदुर गर्वलाई हेर्ने दृष्टिकोण सरकारको पुरानै रहेको गुनासो गरे ।

कार्यक्रममा संगठन केन्द्रिय सल्लाहकार संयोजक ध्यानबहादुर राई, केन्द्रिय सदस्य कृष्णप्रसाद कडेल, प्रदेश अध्यक्ष मोहन केसी, प्रदेश पधाधिकारी र सल्लाहकारको सहभागीता रहेको थियो ।