बुटवलमा उर्जा खपत कम गर्ने भवनलाइ प्रोत्साहन

बुटवल, मंसिर २० गते । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन् ।

बुटवल, मंसिर २० गते । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन् ।

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा ऊर्जा दक्षता निर्माण बीनले गरेको कार्यक्रममा बोल्दै उनले अब बन्ने भवनहरु उर्जा खपत गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने प्रतिबद्दता जनाए । नगरभित्रका भवन निर्माणका मापदण्डहरु परिमार्जन गर्दै समयानुकुल बनाउने उपमहानगर प्रमुख पाण्डेयले बताए ।

 

कार्यक्रममा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल बीनका प्रोजेक्ट इन्जिनियर विशाल पाण्डे, विल्डिङ मटेरियल एक्सपर्ट सानुवाबु डंगोल र पोलिसी एक्स्पर्ट ओम धरानन्द राजोपाध्यायले भवन निर्माणका क्रममा ख्याल गर्ने सकेमा आर्थिक हिसाबले पनि कम खर्च लाग्ने बताए ।