रुपन्देहीको तिलोत्तममा क्रिकेट मैदान निर्माण

बुटवल, मंसिर २८ गते । रुपन्देही तिलोत्तमा नगरपासिलका वडा नम्बर १७ मा निर्माण गर्न लागिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माणको पहिलो चरणको काम सकिएको छ । निर्माण गर्न लागेको ६ महिनामा पहिलो चरणको काम सकिएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक बिनोद कुवरले बताए ।

बिहीबार क्रिकेट मैदान मै सञ्चारकर्मी र सरोकारवालको सहभागितामा एक सार्वजनिक कार्यक्रमको आयोजना गरी खेल मैदान निर्माणको काम सकिएको जानकारी गराएका हुन् । एक्स्ट्रा ओभल प्रालिका निर्देशक बिनोद कुवंरले मैदान निर्माणको काम सकिएको र कुल परियोजनाको १८ देखि २० प्रतिशत काम भउको बताए । करीब ५२ दिनमा अहिलेको पूर्वाधार तयार गरिएको जानकारी गराउंदै निर्देशक कुवंरले आगमी फागुन मा खेल सञ्चालन गर्ने गरी काम भैरहेको बताए ।

दुई वर्ष अघि जग्गा खरिद प्रकृया शुरु गरि तिलोत्तमा नगरपालिकाको वडा नं १७ दरखसवामा साढे ५ विघा जग्गामा निर्माण भएको छ। गत फागुन १ गतेबाट मैदान खेल्न सकिने उनले दाबी गरे। क्रिकेट मैदान निर्माणको कुरालाई अहिलेको अवस्थामा आईपुगेको उनले बताए।
मैदानको दीगोपनाका लागि आफुहरु एकेडेमी संचालन गरेर आर्थिक पाटोलाई ब्यवस्थापन गर्ने सोच रहेको उनले बताए। भारतको जोडिएको सिमा क्षेत्रका कारण पनि यहाँ ब्यवसायिक रुपमा एकेडेमी चलाउने योजना रहेको उनले बताए ।

क्रिकेटमा अष्ट्रेलियाको उदाहरण दिदै जति धेरै क्रिकेट मैदानबाट धेरै खेलाडी उत्पादनमा जोड मिल्ने बताए । असोजको तेस्रो हप्ताबाट पहिलो चरणको कार्य शुरु भएको हो । ३ हजार ट्रिपर माटो राखेर मैदान सम्याईएको छ । मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ । मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ । पिच बनाईएको छ । साईड स्क्रिनको यो हप्तामै सम्पन्न हुने तयारीमा छ ।

माघबाट दोस्रो चरणको काम शुरु हुने जानकारी गराउंदै उनले भने – पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको ५ हजार क्षमताको निर्माण कार्य शुरु गरिनेछ ।
अर्को चरणमा मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य शुरु हुने उनले बताए । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक अट्न सक्ने क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड लाग्ने निर्देशक विनोद कुवंरले बताए ।

प्रदेश खेलकुंद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेल विकासका लागि प्रदेशबाट सहयोग गर्ने प्रतिवद्वता जनाउंदै यो क्रिकेट मैदानमा खेल सञ्चालनका लागि सहकार्य गरी सकेको सहयोग गर्ने बताए ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर संचालन गरिने बताउंदै रंगशाला कम्पाउण्डमा चार तलाको भवन बनाएर प्रशिक्षण दिईने जानकारी गराए ।