लुम्बिनी प्रदेशले साझा कार्यक्रम ल्याउंछ :- मन्त्री खड्का

दिपक बस्नेत, 

बुटवल, भदौ ८ ।  लुम्बिनी प्रदेशका आर्थिक मामिल तथा योजना मन्त्री कृष्णध्वज खड्काले अध्यादेशबाट आएको बजेटको समिक्षा गरे नयां बजेट ल्याउने बताएका छन् ।

यस अघिको शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट गलतबाटोबाट आएकाले उक्त बजेटको समिक्षा गरी परिमार्जनका गरी नयां बजेट ल्याइने मन्त्री खड्काको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्काले भने अध्यक्षदेशबाट आएको बजेटले देश चल्न सक्दैन ।रिपोर्टर्स क्लव लुम्बिनीले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खड्काले बजेटमाथि खेलवाड गर्न नहुने बताए ।

अघिल्लो शंकर पोखरेल नेतृत्व सरकारले सहकार्य र सहमतिबाट बजेट ल्याउ भन्दाभन्दै बलमिचाई गरेर बलजफत अध्यादेशबाट बजेट ल्याइएको बजेटपूर्ण नभएको मन्त्री खड्काको दावी छ ।

मन्त्री खड्काले अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएकोसमेत बताए । उनले सरकारले विश्वासको मत ल्याएसंगै लुम्बिनी प्रदेश सरका बहुमतको सरकार भएकाले बहुमतको सरकारले विधिसम्बत बजेट ल्याउने तर्क गरे प्रदेशको विकास र समृद्विका लागि सरकारले नयूनतम साझा कार्यक्रम ल्याउन लागेको जानकारी गराउंदै अब नीति र कार्यक्रमका आधारमा लुम्बिनी प्रदेश सरकारले काम गर्ने बताए ।

मन्त्री खड्काले भने प्रदेश सरकारले बजेटमा कोभिडलाई प्राथमिकता दिन्छ र र १८ वर्ष मुनिका बालवालिकालाई कोभिड बिरुद्वको खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी छ ।

उनले कोरोना महामारीका कारण बेरोजगार नागरिका लागि रोजगारीका अवसरहरु सिर्जना गरी समस्यामा परेका व्यवसायीहरुलाई राहत प्रदान गरिने प्रतिवद्वता जनाए ।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्व प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले पूंजीगत खर्चमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

विकास बजेट खर्च हुन नसकेको उल्लेख गर्दै खर्च भएको ठाउंमा काम नदेखिएको उनको भनाइ छ । उनले कोरोना महामारीले निम्न वर्गका नागरिक समस्यामा परेकाले सरकारले तत्काल राहतका प्याकेजहरु ल्याउन सरकारलाई आग्रह गरे ।

तिनाउ डाईभर्सन राम्रो आयोजना भएको उल्लेख गर्दै आयोजनालाई छिटो अगाडी बढाउन पर्ने उनको तर्क छ । लुम्बिनीको विकासका लागि भैरहवा अन्तर्रााष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुंङमार्गको कामलाई छिटो अगाडी बढाउन सरकारलाई सुझाव दिए ।

सिद्वबाबा सडकमा अनावश्यक राजनीति भएकाले सडक बनाउन ढिलो भएको र बजेटको अभाव नभएको डा. चिरञ्जीवि नेपालको दावी छ ।