हाटबजार व्यवसायी संघ बुटवलको साधारण सभा तथा अधिवेशन

बुटवल, पुस २२ गते । हाटबजार व्यवसायी संघ बुटवल, रुपन्देहीको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन हुने भएको छ । आज पुस २२ गते आईतबार संघको साधारण सभा तथा अधिवेशन हुदै छ ।

विश्व हिन्दु महासंघको सभा हलमा आज विहान ११ बजे साधारण सभा तथा अधिवेशन आयोजना गरिएको हाटबजार व्यवसायी संघ बुटवलका अध्यक्ष टेकबहादुर जीसीले जानकारी गराए । लुम्बिनी प्रदेशका पैदेश प्रमुख अमिक शेरचनले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष जीसीले जानकारी गराए ।
साधारण सभा तथा अधिवेशनमा बुटवलमा क्रियाशील विभिन्न सामाजिक संघ, संसथाका अध्यक्ष तथा प्रतिनिधि, प्रहरी प्रशासन, सरोकारवाला, संघमा आवद्द सदस्यहरु र सञ्चारकर्मीहरुको सहभागिता रहने छ ।

१८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट नयां नेतृत्व चयन हुने भएकाले यो अधिवेशनलाई हाटबजार व्यवसायीले महत्वका रुपमा लिएका छन् ।
निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र निर्वाचनका सबै प्रक्रिया आइतबार नै हुने संघका महासचिव हुमाराम पोखरेलले जानकारी गराएका छन् ।

संघको नयां नेतृत्वका लागि हालका महासचिव हुमाराम पोखरेललाई अध्यक्ष बनाउने विषयमा संघका पदाधिकारी र सदस्यहरु सहमत छन् । उपाध्यक्षहरुले अध्यक्ष बन्ने चाहाना नगरेको हाटबजार व्यवासीले बताएका छन् ।