पाल्पाका मृगौला पीडितलाई बुटवलमा आर्थिक सहयोग

बुटवल, भदौ १४ । रुपन्देहीको बुटवलमा मजदुरी काम गर्दै आएका मृगौला पींडित पाल्पाका रितेश थापालाई आर्थिक सहयोग गरिएको छ । मृगौला पीडित रितेश थापाले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ शिखर पथमा बसेर घर तथन भवनहरुमा कलर लगाउने काम गर्दै आएका छन् ।

मजदुरी काम गरेर जीविका चलाउंदै आएका थापाको उपचारका लागि १ लाख १५ हजार ६ सय ४० रुपैयां सहयोग गरिएको छ । बुटवलका राजनीतिक तथा सामाजिक व्याक्तित्व गणेश गौतमको सक्रियता र मिलिजुली टोल विकास संस्थाको सहयोगमा आर्थिक संकलन गरिएको थियो ।

लामो समयदेखि मजदुरी गर्दै आएका थापाको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि आर्थिक संकलन गरिएको हो । उपचारका लागि संकलन भएको १ लाख १५ हजार ६ सय ४० रुपैयां बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जददिश आचार्यको रोहवरमा मृगौला पीडित रितेश थापालाई प्रदान गरिएको हो ।

वडाध्यक्ष जगदिश आचार्यले मृगौला पीडितलाई संकलन भएको उक्त रकम हस्तान्त्रण गर्दै मानवीस्य सेवामा जुट्न सबैलाई आग्रह गरेका छन् । सबैले थोरैथोरै सहयोग गरेपनि समस्यामा परेका गरिव तथा निमुखाहरुको उपचार गर्न सकिने र सबै काम सरकारको मुख ताक्न नहुने राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतमले बताए ।

मृगौला पीडित २८ वर्षिय रितेश थापाको अहिले बुटवलस्थित गौतमबुद्व सामूदायिक मुटु अस्पतालमा उपचार भैरहेको छ । बाबु आमा, श्रीमती, एक छोरा र एक छोरीको कलर लगाउने काम गरेर रितेश थापाले जीविका चलाउंदै आएका छन् । अहिले रितेशको मृगौला फेल भएपछि थापाको परिवारलाई साझ विहानको गर्जो टार्नपनि समस्या भएको छ । मृगौला पीडित रितेश थापाको उपचारका लागि कामना विकास बैंकमा खाता खोली सबैसंग सहयोगका लागि अपिल गरिएको छ ।