मगर संघले बुटवलमा ४२ औं स्थापना दिवस मनाउने

बुटवल, फागुन १२ गते । नेपाल मगर संघ बुटवलले मगर संघको स्थापना दिवस मनाउने भएको छ । तीन दिवसीय कार्यक्रमको आयोजना गरी फागुन १५ गते ४२ औं मगर स्थापना दिवस मनाउन लागिएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

राष्ट्रको पहिचान र सम्वृद्विका लागि आन्दोलनका रुपमा स्थापना दिवस मनाइने मगर महिला संघ बुटवल नगर अध्यक्ष बसन्ती साठीघरे मगरले बताइन । उनले मगर दिवसको अवसरमा १३ गते आइतबार नेपाल मगर संघको स्थापनाको उद्वेश्य, राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा अन्तरक्रिया गरिने र १५ गते दीपनगरमा मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउने जानकारी गराइन ।

बुटवल क्षेत्रमा रहेका मगर समूदायलाई एकीकृत गरी रचनात्मक कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको बुटवल नगर अध्यक्ष साठीघरे मगरले बताइन ।
आइएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको पूर्णपालना गरी फागुन १५ गते सार्वजनिक विदा दिन बुटवल नगर अध्यक्ष बसन्ती साठीघरे मगरले रँज्यसंग माग गरिन् ।
नेपाल मगर संघ रुपन्देही उपाध्यक्ष थर्कबहादुर बारघरे मगरले राज्यले नीतिगत रुपमा विभेद गरेको आरोप लगाउंदै विभेदकारी नीति कै कारण मगर समूदाय ओझेलमा परेको गुनासो गरे ।
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आथित्यतामा स्थापना दिवस मनाउने कार्यक्रम रहेको छ ।