वन पैदावारबारे रुपन्देहीमा छलफल

बुटवल, फागुन १६ गते । वन पैदावारमा आधारित उद्यम प्रवद्र्वन सम्बन्धि एक दिवसीय कार्यक्रम तिलोत्तमा नगरपालिकाको शंकरपुरमा सुरु भएको छ ।
वनमा आधारित उद्यमलाई कसरी प्रवद्र्वन गर्न सकिन्छ, कृषि विकास बैंकले दिने कर्जाको पहिचान,उद्यम सञ्चालनमा नीति तथा समस्याहरुले पारेको असर र गोष्ठीमा नयां उद्यमको खोजी तथा पहिचान गरिने आयोजक संस्था रेड कार्यान्वयन केन्द्र, काठमाडौंका उपसचिव यज्ञमूर्ति खनालले बताए ।

वन निर्देशनालय, बुटवलका निर्देशक दधिलाल कंडेलले वनमा आधारित उद्यम प्रवद्र्वनका लागि विभिन्न तरिकाले सहयोग गर्न गोष्ठीको आयोजना गरिएको जानकारी गराए ।
गोष्ठीमा वन प्राविधिक पशुपति कोईराला लगायतले सहजीकरण गर्नुहुने कार्यक्रम रहेको छ ।गोष्ठीमा वन पैदावार समूह,उद्यमी र सहजकर्ताहरुको सार्थक सहभागिता रहेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए ।