नोवेल इन्भारमेन्ट एकेडेमीमा माष्टर एण्ड मिसेस नोवेल प्रतियोगिता

बुटवल, चैत ४ गते । रूपन्देही तिलोत्तमाको कोटिहवास्थित नोवेल इन्भारमेन्ट एकेडेमीमा छैठौं माष्टर एण्ड मिसेस नोवेल आइकन प्रतियोगिता भएको छ ।
प्रतियोगिता अन्तर्गत प्रि प्राइमरी लेवलको पुरूषतर्फ हिमान्सु आले र महिलातर्र्फ सायरा राना विजेता बनेका छन् । प्राइमरी लेवलको महिलातर्फ एन्जल गिरी र पुरूषतर्फ युनिश अधिकारी विजेता घोषित भएका छन् । त्यस्तै बेसिक लेबलबाट महिलातर्फ अनुस्का कुंवर र पुरूषतर्फ सफल जिमी विजेता बन्न सफल भए ।

नोवेल इन्भारमेन्ट एकेडेमीका अध्यक्ष पूर्णबहादुर गुरूङको अध्यक्षता र घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य बसन्त रोका क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा बोल्दै बसन्त रोका क्षेत्रीले रचनात्मक प्रतियोगिताहरुले विद्यार्थीमा लुकेको अन्तरनिहित क्षमताको पहिचान हुने बताए । विद्यार्थीको भविष्यको गन्तव्य प्रिप्राइमरी लेवलबाटै तय हुने भएकाले सानै उमेरमा हुने असल संंगत र अभ्यासनै विद्यार्थीको भविष्य हो भने ।

न्नुभयो । कार्यक्रममा पशुपति क्याम्पस कोटिहवाका क्याम्पस प्रमुख जीतबहादुर रास्कोटी, पशुपति माविका प्रधानाध्यापक बेदनारायण भट्टराई,गुरूङ समाज मधवलियका पूर्व अध्यक्ष गजबहादुर गुरूङलगायतले विद्यार्थीमा भएको शैक्षिक र अन्य क्षमता उजागर गरेर इन्भारमेन्ट एकेडेमी राम्रो काम गरेको बताए ।

नोवेल इन्भारमेन्ट एकेडेमीका कार्यकारी निर्देशक सुन्दर गुरूङ र प्रिन्सिपल खिनु गुरूङले कुनैपनि विद्यार्थी शून्य र सतप्रतिसत नहुने भएकाले विद्यार्थीमा हुने फरक– फरक क्षमताको उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
बास्तविकता श्रीवास्तव र निराज बरईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।