राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल मनायो होली

बुटवल, चैत १२ गते । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनी प्रदेशको आयोजना होलि मिलन कार्यक्रम भएको छ । सोमबार रुपन्देहीको मणिग्रामस्थित रक्षा आयुर्वेदिक औषधालयमा होली मिलन कार्यक्रम आयोजना गरिउको थियो । उक्त कार्यक्रम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रिय संस्थापक उपाध्यक्ष शालिकराम भुसालको प्रमुख आतिथ्यमा रहेको थियो ।

होली मिलन कार्यक्रममा नेपाल आयुर्वेद स्वाथ्यकर्मी समाजका केन्द्रिय उपाध्यक्ष यमलाल भट्टराई, नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ निरिक्षक कबिराज गणेश सापकोटा, नेपाल आयुर्वेद स्वाथ्यकर्मी समाज लुम्बिनी प्रदेश उपाध्यक्ष धुर्व भण्डारी, नेपाल आयुर्वेद औषधी

व्यावसायिक संघ लुम्बिनी प्रदेश सदस्य निर्मला पाण्डे, बजार प्रतिनिधि शिव न्यौपाने लगायतको आतिथ्यमा होली मिलन कार्यक्रम भएको हो । लुम्बिनी प्रदेश रान अध्यक्ष नरहरि अर्यालको अध्यक्षता, यमलाल भुसालको सञ्चालन र रानका उपाध्यक्ष दिपक पन्थीले स्वागत गरेका थिए ।