नयां वर्षमा शुभकामना आादान– प्रदान

प्रेमबहादुर थापा
बुटवल, बैशाख ११ गते । गुल्मी– पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजको आयोजनामा नयां वर्षको अवसरमा शुभकामना आदान– प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम भएको छ । कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयां वर्षले शुख, समृद्धि र खुशीयाली छाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि कमलप्रताप थापाले गुल्मीको पुर्कोट म्यालपोखरीबाट रुपन्देहीको बुटवललगायत विभिन्न ठाउंमा आई अस्थायी वा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुले एकआपसामा भाइचारको सम्बन्ध बढाउनु पर्नेमा जोड दिए ।

समाजका अध्यक्ष ताराप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दामोदर पोखरेल र स्वागत कार्यसमिति सदस्य डिल्लीराज भट्टराईले गरेका थिए ।
कार्यक्रममा समाजलाई सहयोग गर्ने सहयोगदाताहरु सम्मान गरिएको थियो ।