त्रिविविबाट सेवानिवृत्त संघको अन्तरक्रिया र वनभोज

मुकुन्दराज पोखरेल
बैशाख २१ गते । त्रिभुवन विश्वविद्यालय सेवानिवृत्त संघको विभित्र समयमा भएका बैठकहरुद्वारा प्रस्तावित वनभोज कार्यक्रम सञ्चालन गर्ने र त्रिविबाट सेवानिवृत्त हुनु भएका शिक्षक तथा कर्मचारीबीच अन्तरक्रियासमेत सञ्चालन गर्ने र सेवानिवृत्त शिक्षक तथा कर्मचारीबीचा देखा परेका विविध समस्याहरुका बारेमा छलफल गर्ने र एक अर्काबीचको सद्भावलाई अझ उचाइमा पु¥याउन आवश्यकता महशुस ग¥यो । यस खालको वहस र पैरविका लागि सेवानिवृत्त संघले हरेक महिनाको अन्तिम शनिवार दिनको ३ बजे हाटबजारमा अवस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा बैठक बस्ने र विविध विषयमा छलफल गर्ने कार्यको शुरुवात गरेको थियो ।

जस्माप्रायशःहामीउक्त बेठकमा सहभागी भइछलफल गर्ने गर्दथ्यौं । उक्त बेठकले सेवानिवृत्त हुनु भएका शिक्षक कर्मचारीहरुकाबीचमा सेवानिवृत्त भएपछि त्रिविद्वारा प्रदत्त अधिकार र सुविधाहरुको बारेमा विस्तृत रुपमा छलफल गर्नका लागि मलाई जुम बैठकको व्यवस्था गर्ने जिम्मासमेत दिएको थियो सोही मुताविक माघ फागुनमा एउटा जुम बैठक आयोजना गरिएको थियो ।

तत्पश्चातको नियमित बैठकले मलाई वनभोज तथा शुभकामना आदान– प्रदान कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मा दिएको थियो । सोही बमोजिम करिब पाँच महिनाको अथक प्रयास पछिसबै सदस्यहरुलाई पायक पर्ने उत्तम समयको खोजीगर्दा २०८१ साल बैशाख १४ गते शुक्रवारका दिन जुर्नपुग्यो ।जसलाई मैले वैठकमा उक्त मितिको प्रस्ताव गरें र बैठकमा उपस्थित सबै सदस्यहरुले एकमतका साथ समर्थन दिनुभयो । यसको सूचनाका लागि त्रिभुवनविश्वविद्यालय सेवानिवृत्त संघको मेसेञ्जर ग्रुपनि र्माणगरिएको थियो जसमा सूचनाहरुलाई निरन्तर प्रवाह गर्ने कार्य सोही ग्रुपमा समावेश गरिन्थ्यो ।

त्रिभुवन विश्वविद्यालय सेवानिवृत्त संघको आयोजना र मुकुन्दराज पोखरेलको संयोजकत्वमा बुटवल १२ स्थित ढवाहामा रहेको मिलनपार्कमा नयाँवर्ष २०८१ को शुभकामना तथा वनभोज कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि भैरहवा बहुमुखी क्याम्पस र बुटवल बहुमुखी क्याम्पसबाट सेवानिवृत्त हुनुभएका सबै साथीहरुलाई बढी भन्दाबढी सहभागी गराउने उद्देश्यका साथ कार्यक्रमलाई व्यवस्थित गरिएको थियो । जसका लागि संघका पदाधिकारीहरुसंग निरन्तर सम्बादचलिरहेको थियो । जसले निर्धारित समयमा नै उक्त कार्यक्रम सम्पत्र गराउन सहज भएको महसुस सबैले गरेका थियौं ।

निर्धारित मिति, तिथि, समय र स्थानमा सबै साथीहरुको गरिमामय उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई बढी सान्दर्भिकता दिनका लागि निवृत्त शिक्षक तथा कर्मचारीहरुको जोडी नै उपस्थितहुनु पर्ने भत्रे निर्णय भएकाले सोही बमोजिम उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता प्रा.डा.बुद्धबहादुर थापाको प्रमुख आतिथ्यता, प्रा.डा.बाबुराम ज्ञवालीको अध्यक्षता, वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेको संचालन र सहप्राध्यापक लिलाबहादुर केसीले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वैठकको निर्णय अनुसार सेवानिवृत्त भई सकेपछि विभित्र बौद्धिक तथा सामाजिक कार्यमा संलग्न भइकार्य गर्नुभएका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको समेत व्यवस्था गरिएको हुंदा तीनजना व्यक्तित्वहरु प्रा.डा.बुद्धबहादुर थापा लुम्बिनी प्रदेश मुख्य न्यायधिवक्तामा नियुक्तहुनु भएको, सहप्राध्यापक सई मोहम्मद खाँ लुम्बिनी सांस्कृतिकनगरपालिका वडा नं १३ को वडाध्यक्षामा निर्वाचित हुनुभएको र सहप्राध्यापक मुकुन्दरा जपोखरेलले सेवानिवृत्त भएपछि नेपाल खुला विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा एम फिल(दर्शनाचार्य) उपाधिहासिल गर्नुभएकोमा उहाँलाई सम्मान –पत्रबाट सम्मानित हुनुभएको थियो । उक्त कार्यक्रममा बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक मुकुन्दराज पोखरेलले बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रमका उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी प्राध्यापक हिरण्यलाल ज्ञवाली, प्रकाशबन्धु रेग्मी, शिवप्रसाद ज्ञवाली तथा चन्दा रावलले पनि शुभकामना मन्तव्य दिनु भएको थियो । यसको अलावा सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरुले सामना गर्नुपरेका विविध आयामहरुकाबारेमा समेत अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमले सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरुमा थप हौसला प्रदान गरेको र यस खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा सबैजनाको एकमत रहेको थियो ।

अझ भत्रु पर्दा बैसाख महिनाको प्रचण्ड गर्मी मौसमलाई वास्ता नगरिकन सहज र सरलरुपबाट भैरहवा बहुमुखी क्याम्पस र बुटवलबहुमुखी क्याम्पसबाट सेवानिवृत्त हुनु भएका शिक्षक तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसबाट के कुरा प्रष्टहुन आउँछ भने देश विकासका लागि जस्तो सुकै परिस्थितिमा पनि सक्रियताका साथ सहभागी भै समाज रुपान्तरणमाछलाङ् मार्न सकिन्छ भत्रे कुरा सबैले महसुस गर्नुको विकल्प छैन । यस कार्यक्रमलाई सफलता तुल्याउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुहुने सबैमा यो समिति हार्दिक आभार व्यक्त गर्दछ । खानाको व्यवस्थापनमा अर्घाखाँची क्याटरिङ्का ज्ञानप्रसाद खनाललाई धन्यवाद छ ।