बुटवलमा गौली पन्थी बंसजको चर्चा

बुटवल, बैशाख २२ गते । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नेपालले भित्ते पात्रो बिमोचन गर्नुका साथै आफ्नो बंसजबारे छलफल गरेको छ । शनिबार बुटवलमा नयां वर्ष २०८१ को अवसरमा भित्रे पात्रो विमोचन गर्नुका साथै बंसजबारे छलफल गरिएको हो ।

संस्थाका अध्यक्ष बासुदेव पन्थीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नयाँ बर्ष २०८१ को भित्ते पात्रो बिमोचन,शुभकामना आदान– प्रदान र पन्थी बंश ग्रन्थमाथि छलफल तथा चर्चा गरिएको हो ।

२०७० सालमा स्व . चन्द्रकान्त पन्थीको नेतृत्वमा स्थापना भएको पन्थी समाजले स्थापना कालदेखि पन्थीहरुको वार्षिक मुखपत्र प्रकासन गर्दै आएको अध्यक्ष बासुदेव पन्थीले बताए । पन्थीहरुको उद्गमस्थल पहिचान र पुस्तावलीको बारेमा अध्यक्ष बासुदेवले चर्चा गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष बिष्णु हरि पन्थीले समाजले देशै भरका गौली पन्थीलाई अझै संगठित गर्दै पन्थीको बंश ग्रन्थका कतिपय विषय खोज गर्नु पर्ने भएकाले बंश ग्रन्थ अझैपूर्ण हुन नसकेको बताए ।
रविलाल पन्थीले स्वस्तिक बाचन गरेर भित्तेपात्रो बिमोचन गरिएको थियो । कार्यक्रमको संचालन सचिव रामप्रसाद पन्थीले गरेका थिए, भने कार्यक्रमको संयोजकत्व कोषाध्यक्ष प्रकास पन्थीले गरेका थिए ।