क्षितिजको अध्यक्षमा खनाल

बुटवल, जेठ २३ गते । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४÷२५ का लागि क्लबको नबौ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन् ।
लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ का अध्यक्ष लायन धुर्वकुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको साधारण सभा एवं नबौ अधिबेशनबाट आगामी लायन बर्ष २४÷२५ का लागि खनालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गरिएको क्लबका पूर्व अध्यक्ष नारायण थापाले जानकारी गराए ।

क्लबको प्रथम उपाध्यक्षमा श्रीखरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री, तृतीय उपाध्यक्षमा गुप्त पुन निर्वाचित भएका छन् । त्यस्तै क्लबको सचिवमा प्रदिप गुप्ता, कोषाध्यक्षमा गोपाल रेग्मी, क्लब निर्देशकमा इन्द्रप्रसाद भट्टराई र दिपक सापकोटा मनोनीत भएका छन । मनोनीत गर्न बांकी निर्देशकका पदहरुलाइ क्लबको आगामी बैठकमा पूर्णता दिइने छ ।

अध्यक्षमा निर्वाचित भएसगै खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार बर्ष २४÷२५ मा सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने प्रतिवद्दता जनाएका छन् ।
साधारण सभा एवं अधिबेशनमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , पूर्ब अध्यक्षहरु मिलनकुमार पुन, फवन लाकौल, नारायण थापा,शंकर पाण्डे, लोकेन्द्र लिम्बु लगायतले बोलेका थिए ।
बर्ष २३÷२४ का सचिव गुप्त पुनको सञ्चालनमा कार्यक्रम भएको थियो ।