सावीत्रीदेवी क्षेत्री रिजालप्रति नागरिक समूहद्दारा श्रदाञ्जली अर्पण

बुटवल, असार ३१ गते । स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसी मातृशोकमा परेका छन् । टोपबहादुर केसीको ममतामयी आमा सावित्रीदेवी क्षेत्री रिजालको निधन भएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ८ दीपनगर निवासी स्व। सावीत्रीदेवी क्षेत्री रिजालको यही असार २४ गते निधन भएको हो । दम र बात रोगको उपचार भैरहेको अवस्थामा स्व। सावस्त्रीदेवी क्षेत्री रिजालको ८६ वर्षको उमेरमा दीपनगर आफ्नै निवासमा अकस्माथ निधन भएको थियो । बुटवल र भैरहवको मेडिकलकलेजमा उपचार भैरहेको थियो । स्व। सावीत्रीदेवी क्षेत्री रिजालले दुइ छोरा र पांच जना छोरीको जन्म दिएपनि अहिले एक छोरा र ४ छोरी छन् । जेष्ठ छोरा विकास केसी र माइली छोरी जानकी थापाको यस अघि निधन भैसकेको छ । जेष्ठ पुत्र कम्युनिष्ट आन्दोलनका अग्रज तथा वामपन्थी नेता विकास केसीको २०७४ साउन १ गते सडक दुर्घटनामा परी २ गते निधन भएको थियो ।

स्वतन्त्र नागरिक समूह नेपालले शोकसभाको आयोजना गरी स्व। सावीत्रीदेवी क्षेत्री रिजालप्रति श्रदाञ्जली र घरपरिवारप्रति समवेदनना अर्पण गरेको छ ।
दीपनगर केसी निवासमा आयोजित श्रदाञ्जली कार्यक्रममा बोल्दै स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले समाज र परिवर्तनको पक्षमा उभिएको परिवारले अभिभावक गुमाउंदा नागरिक आन्दोलनलाई ठूलो क्षती पुगेको बताए । अध्यक्ष गैह्ेले एक निष्ठावान परिवारमा पर्न गएको शोकले स्तब्ध बनाएको बताउंदै श्रदाञ्जली अर्पण गर्दै स्व .आमाप्रति चिरशान्तिको कामना गर्नुभयो ।

प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल र नागरिक अगुवा तथा अधिवक्ता पदमबहादुर कार्कीले शोक मन्तव्य व्यक्त गर्दे स्व सावीत्रीदेवी क्षेत्री रिजालको निधनप्रति दुख्ख प्रकट गर्दै श्रदाञ्जली अर्पण गरेका थिए ।