जि ट्वान्टी फाईभ क्लवद्दारा ८७ युनिट रगत संकलन

बुटवल, साउन २४ गते । जि ट्वान्टी फाईभ क्लवले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको क्लवले बिहीबार बुटवलको देवीनगर चौपारीमा नवौ पटक रक्तदान कार्यक्र आयोजना गरेको हो ।

सडकमा खुल्ला रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन भएको कार्यmम संयोजक मिलनकुमार भारीले जानकारी गराउनुभयो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रक्तादन गरिएको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षत्रीले रगतको अभाव हुन नदिनका लागि समाजमा क्रियाशील सबै सामाजिक संघसस्था र हरेक व्यक्ति क्रियाशील हुनुपर्ने बताए । उनले रक्तदान जस्तो मानवीय कार्यलाई स्थानीय सरकारको तर्फबाट वडा कार्यालयले सक्दो सहयोग गर्ने र रक्तदानका लागि सबैसंग सहकार्य गर्ने प्रतिबद्दता जनाए ।

जि टवान्टी फाईभ क्लबका अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षता र महासचिव किशोर पंगेनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।