काउन बुटवलको १४ औं वार्षिक परिषद्

बुटवल, भदौ ९ गते । नेपाल निर्माण तथा सम्बद्द श्रमिक संघ (काउन) बुटवल इकाई रुपन्देहीले आफ्नो १४ औं वार्षिक परिषद् आयोजना गरेको छ । निर्माणको क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले स्थापाना भएको काउनले भदौ ९ गते एक कार्यक्रमको आयोजना गरी १४ औं वार्षिक परिषद् सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमा रक्तदान, संस्थागत रुपमा संगठन विस्तार तथा संस्थागत विकासमा उच्च योगदान पुराएका कन्ट्याक्ट लिडरहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख नेपाल निर्माण तथा सम्बद्द श्रमिक संघ (काउन) का केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले खादा ओडाएर सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरीले निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको हकहितका लागि काउनले का गर्दै आएको उल्लेख गर्दै मजदुर वर्गको हितमा एकतावद्द हुनुपर्नेमा जोड दिए । उनले संस्थागत विकासमा सबैको साथ सहयोग चाहिने बताउंदै सामाजिक सुरक्षा ऐन कार्यन्वयन हुनुपर्नेमा जोड दिए। काउनका लुम्बिनी प्रदेश सचिव खगेन्द्र पौडेलले सबै मिलेर संस्थालाई मजबत बनाएर मजदुरको हितमा काम गर्नको विकल्प छैन भने ।

काउनका रुपन्देही अध्यक्ष तथा बुटवल इकाईका संस्थापक अध्यक्ष शूर्यदेव दासले संस्थागत विकास र मजदुरको हितमा काम गर्नपर्ने बताए । उनले काउन केन्द्रले आफ्लाई अनावश्यक ढंगले मनोमानी कारवाही गरेकोप्रति असन्तुष्ट जनाउंदै केन्द्रको एकलौटी हालीमुहाली मान्य नहुने बताए । नेतृत्वले मजदुरको हितमा काम गर्न नसकेकाले रुपन्देही काउन कमजोर हुंदा देशभरमा काउन मकजोर भैसकेको बताए । काउन रुपन्देही सचिव सोम थापाले सबैको हितमा संस्थालाई चलायमान बनाउनु पर्नेमा जोड दिए ।

काउन कञ्चन तथा रुद्रपुर इकाई अध्यक्ष शशी गोतोले काउनलाई मजदुर वर्गको हितमा बलिाबनाउने बेला केन्द्रको नेतृत्वको गलत कार्यल कमजोर भएको बताउंदै त्यसलाई सुधारेर एकतावत्र भएर अगाडि बढाउनु पर्नेमा जोड दिए । अध्यक्ष गोतामेले कञ्चनमा २ हजार जनाको निःशुल्क विमा गरिएको जानकारी गराउंदै सबै कन्ट्याक्ट लिडर र मजदुहरुको निशुल्क विमा गर्नुपर्नेमा जोड दिए।

काउन बुटवल इकाई अध्यक्ष तिलबहादुर हिस्की मगरको अध्यक्षता, सचिव जयसिंह चोधरीको सञ्चालन र उपाध्यक्ष भिमबहादुर दर्लामीको स्वागतमा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा कोषाध्यक्ष दुर्गाप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त आर्थिक प्रतिवेदन हलले तालि बजाएर पास गरेको थियो । त्यस्तै सांगठानिक प्रतिवेदन जयसिंह चौचरीले प्रस्तुत गरेको प्रतिवेदन पनि हलले तालि बजारु पस गरेको थियो ।
काउनले रक्तदान, व्यवसायीको क्षमता विकास र मजदुरका समस्याप्रति सहजीकरणका साथै आवश्यक अनुसार आर्थिक सहयोगसमेत गर्दै आएको छ ।