बैंकबाट सहुलियत कर्जा लिन निकै कठिनाई
महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि गरिएका प्रयासहरु विषयक अन्तरक्रिया



बुटवल\रुपन्देही उद्योग संघको आयोजनामा नेपाल राष्ट्र बैकबाट महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि गरिएका प्रयासहरु विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न भएको छ ।
रुपन्देहीमा रहेका उद्योगी महिलाहरुको सहभागितामा भएको कार्यक्रमको शुभारम्भ गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले औद्योगिक विकासका लागि उद्यमशिलताको विकास जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि संघले सधै जागरण र शसक्तिकरणको भूमिका निभाउँदै आएको बताउनु भयो ।

अध्यक्ष पौडेलले उद्यम क्षेत्रमा लागेका र लाग्न चाहाने महिलाहरुलाई राज्यले संरक्षणको नीति लिएर आर्थिक उत्थानका गतिविधिलाई प्राथमिकतामा राख्न सुझाव दिनु भयो । उहाँले आज उद्यम क्षेत्रमा महिलाहरुको सहभागितालाई बन्चित गर्ने र पक्षपातपूर्ण व्यवहार गर्ने अवस्थाको अन्त्य गर्दै राष्ट्र बैकले लक्षित गरेको कार्यक्रमलाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
महिलाहरुले राज्यले प्रदान गरेका अवसर र सहुलियत लिनका लागि धेरै झन्झट व्यहोर्नु पर्ने तथा लक्षित समुदायसम्म राहात पुग्न नसकेको बताउँदै त्यसलाई मसिनोसँग अनुगमन गरेर रोजगारी श्रृजना, जनशक्ति उत्पादन र व्यवस्थापनमा काम गर्नुपर्ने धारणा राख्नु भयो ।
संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले मुलुकको समृद्धिको लागि महिला उद्यमशिलताको विकास गर्नु जरुरी रहेको बताउँदै त्यसका लागि शसक्तिकरणलाई प्रमुख आधार बन्नु पर्ने भनाई राख्नु भयो । उहाँले बैकबाट दिइने सुविधा र सहुलियत लिन महिलालाई निकै गाह्रो भएको कुरालाई सहजिकरण कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भैरहवा शाखा निर्देशक रञ्जना पौडेल पण्डितले कार्यक्रममा सहजिकरणको भूमिका निर्वाह गर्दै राष्ट्र बैंकका नीति र कार्यक्रमका बारेमा जानकारी गराउँदै महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि बैंकबाट गरिएका प्रयासहरुबारे जानकारी गराउनु भएको थियो ।
त्यस अवसरमा उहाँले बैंकले संस्थागत रुपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र सामाजिक रुपले पिछडिएका समुदायलाई सहुलियत प्रदान गर्ने लक्ष्य सहित कार्यक्रमको सुरुवात गरेको बताउनु भयो । बैंकले लक्षित बर्गलाई कुल कर्जामा ५ प्रतिशत सहुलियत कर्जा अनिवार्य रहेको र त्यो ग्रामिण विकास बैंक, लद्यु वित्तहरुबाट पनि दिने प्रावधान रहेको हुँदा ति ठाउँमा पुग्न आग्रह गर्नु भयो ।
बैंकले महिलाहरुको आम्दानीमा बृद्धि गरी समाजमा हैसियत बढाउँदै जिवनस्तर उकास्ने लक्ष्य सहित अगाडि सारिएका कार्यक्रमहरुमा महिलाहरुको पहुँच पुग्न नसकेको प्रति आफु गम्भिर बनेको र सहुलियत लिनका लागि उद्यमी महिलाहरु सक्रिय र सचेत भएर लाग्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा संघकी पूर्व महिला सचिव माया खनाल, पूर्व कार्यसमिति सदस्य रेनुका खरेल, महिला उद्यमी समितिकी सहसंयोजक शारदा शर्मा, महिला उद्यमीहरु सावित्रा रेग्मी लगायतले महिलाहरुले पाउनु पर्ने सहुलियत र सहयोग पाउन नसकेको गुनासो गर्दै महिलाहरुलाई उत्साहित बनाउने र उद्यमशील बनाउन कर्जा सरलिकृत गर्न आग्रह गरेका थिए ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता तथा महिला सचिव मञ्जु भुसालको सञ्चालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष्य कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, सचिव बसन्त ढकाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, सल्लाहकार ऋषि बहादुर भण्डारी, सदस्यहरु मिना थापा, शारदा भट्टराई, चन्द्रकान्त खनाल, लाल बहादुर थापा, जमुना सुवेदी पोखरेल, विशाल वेलवासे, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सचिवालय सदस्य जमुना सुवेदी पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










