युवा संघ रुपन्देहीमा नयां नेतृत्व चयन, अध्यक्षमा विकासजंग बस्नेत


बुटवल, फागुन १४ गते । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको अध्यक्षमा बिकासजगं बस्नेत निर्वाचित भएका छन् । राष्ट्रिय युवा सघ नेपाल रुपन्देहीको बुटवलमा सम्पन्न भएको १३ औ जिल्ला अधिवेशन बुटबलबाट नयां नेतृत्व चयन गरिएको हो ।

जसको उपाध्यक्षमा दिपक खड्की, सचिबमा दिपेश कडेंल, उप सचिब–नवराज मल्ल, उप सचिव मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् । १३ औ जिल्ला अधिवेशनबाट ८३ सदस्य रहेको कमिटी सर्बसहमत रुपमा निर्वाचित गरिएको छ ।
यस अघि राष्ट्रिय युवा सघ नेपाल रुपन्देहीको १३ औ जिल्ला अधिवेशनमा बोल्द युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पोडेलले माओवादी पार्टीको ढुलमुले चरित्रले देश अस्थिरतातर्फ धकलिएको बताए ।
उनले पुष १० गते राष्ट्रपतिको विषयमा भएको सम्झौतालाई कार्यन्वयन नगरी देशलाई अस्थिरतातर्फ लैजान खोजेको बताए ।
युवा संघ नेपालाई थप प्रभावकारी र संगठनलाई बलियो बनाउनका लागि युवाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था हुने खालका कार्यक्रमहरु सन्चालन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा रुपन्दही इन्चार्ज भुमिश्बर ढकाल,एमालेका लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, युवा संघ नेपालका उपाध्यक्ष सुमन पुरी, एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, राजेन्द्र ढकाल नगर अध्यक्ष किसन ज्ञवाली, युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तुल बहादुर अधिकारी, केन्द्रीय सदस्य दिनानाथ भट्टराई, राजेन्द्र कंडेल केशव रोका लगायतले बोलेका थिए ।























