रुपन्देही उद्योग संघको स्थापना दिवश
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार वितरण, अग्रज उद्योगीहरु सम्मानित




बुटवल, १५ मंसिर
रुपन्देही उद्योग संघले आफ्नो ४४ आंै स्थापना दिवश विषेश कार्यक्रमको आयोजना गरी मनाएको छ । बुधवार संघको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी अग्रज उद्योगी सम्मान तथा उत्कृष्ट औद्याोगिक पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।
समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीहरुमा रहेको परनिर्भरको भावनाको अन्त्य हुनु पर्ने धारणा राख्नु भयो । उहाले औद्योगिक क्षेत्रको लागि आवश्यक औद्योगिक मैत्री बातावरण बनाउन नसक्दासम्म राष्ट्रिय उद्योगको विकास हुन सक्दैन भन्दै मुहानमा शुद्ध राख्न आग्रह गर्नु भयो ।

प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निमार्ण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवशयक्ता रहेको बताउदै बास्तविक धरातलमा बसेर चिन्तन गर्नु पर्ने सुझाव दिनु भयो । उहाले राजनीतिक दलहरुप्रति इगित गर्दै हामीमा राष्ट्रलाई हेर्ने दृष्किोणमा त्रुटी भएका कारण र विदेशीको गुलामी गर्ने प्रवृतिले वास्तविक समस्याहरु समाधान हुन नसकेको धारणा राख्नु भयो ।
राष्ट्रिय पूजीको संरक्षण र विकासका लागि नीतिगत रुपमा स्पष्ट हुदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निमार्ण गर्न आग्रह गर्दै उहाले प्रतिस्पर्धाको युगमा आफुलाई त्यसै अनुसार उभ्याउन सक्नु पर्ने बताउनु भयो ।
सम्बोधनका क्रममा आफुले बुटवल क्षेत्रमा २०११ देखि २०१५ सालसम्म समय विताएको स्मरण गर्दै स्वदेशी घियुलाई विस्थापन गर्न भारतीय डाल्डा घियु योजनाबद्ध रुपमा नेपालमा भित्र्याएको भन्दै घीयु आन्दोलनले स्थापित भएको यस क्षेत्रको औद्योगिक आन्दोलनको निकै ठूलो महत्व रहेको बताउनु भयो ।
प्रदेश प्रमुख शेरचनले उद्योग र उद्योगीका समस्याहरुलाई राज्यले सम्बोधन गर्ने बातावरण सिर्जना गर्न आफुले सहयोगिको भूमिका निर्वाहा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भएपनि त्यसको सहि कार्यान्वन एवं प्रयोग गर्न नसकिएको धारणा राख्नु भयो । उहाले पछिल्ला समयमा उद्योगबाट पलायन भएर व्यापारतिर लाग्ने प्रवृति बढेको प्रति सचेत गराउदै त्यसको कारण खोज्दै समस्याहरुको पहिचान गरि औद्योगिक विकास लाग्न आग्रह गर्नु भयो ।

क्षेत्रीले यस क्षेत्रको आर्थिक समृद्धी र औद्योगिक विकासका लागि आफु सरोकारवाला निकाय र व्यक्तिहरुसंग सामुहिक छलफलमा बस्न चाहेको बताउदै त्यसबाट आउने सुझाव र सल्लाहाबाट औद्योगिक नीति तयार गर्ने सोचमा रहेको जनाउनु भयो ।
उपाध्यक्ष क्षेत्रीले हाल क्रियाशिल रहेको औद्योगिक नीति गतिशिल नभएको, उद्योग क्षेत्रको जिडीपी घट्दो अवस्था रहेको, राज्यले अगाडी सारेका कार्यक्रम कार्यान्वयन हुन नसकेको अवस्थामा टिम बनाएर उद्योग सञ्चालन गर्न आग्रह गर्नु भयो । उहाले राजनीतिक क्रान्ति पहिले गरेर गल्ती भएको बताउदै औद्योगिक क्रान्ति पहिले गर्न चुकेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले उद्योग संघले आफु र आफ्नो ब्राण्ड स्थापित गर्न धेरै समय खर्चे स्मरण गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्ने कुरालाई प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रले निकै कठिन परिस्थितिको सामना गरिरहेको बताउदै राज्यको प्रभावकारी भूमिका, निजी क्षेत्रको सक्रियता र उपभोक्ताको साथ र सहयोग विना मुलुकले औद्योगिक विकास हुन नसक्ने धारणा राख्नु भयो ।
उहाले स्थापना दिवशको घडीमा सबैको सहकार्य एवं राज्यको अभिभावकत्वमा जोड दिनु भयो । वि.सं. २०३५ सालदेखि आप्mनो लक्ष्य प्राप्तिमा अनवरत अघि बढिरहेको संघ अगाडीका दिनमा पनि आफ्नो लक्ष्यबाट पछि नहट्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष रामराज पोखरेल, संघका पूर्व अध्यक्ष डम्मदेव अर्याल, पुरस्कृत पत्रकार दामोदर खनाल, सम्मानित उद्योगी राजेन्द्रसिंह गुरुङ, निर्वतमान अध्यक्ष बाबुराम बोहोरा, नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद अर्याल लगायत बोल्नु भएको थियो ।
कार्यक्रम संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

सो अवसरमा संघले अग्रज उद्योगीहरु भुपाल कुमार श्रेष्ठ, बसन्तध्वज जोशी, स्व.रतनलाल अग्रवाल, बसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार –२०७७ बाट पत्रकार दोमादर खनाललाई पुरस्कृत गरिएको थियो ।

यसैगरी कार्यक्रममा उद्योगी बिष्णु कुमार श्रेष्ठको असामयिक निधनले परिवारमा पु¥याएको क्षतिमा केही मलम लगाउने उद्देश्यले संघको तर्पmबाट रु. २००००।— र २०७६÷२०७८ पदाधिकारी तथा कार्यसमिति सदस्यहरुबाट व्यक्तिगत रुपमा संकलन गरिएको ३५६००।— गरी कूल रकम रु. ५५६००। वहा“की श्रीमती रिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










