जाजरकोटमा भूकम्पका पराकम्पन

काठमाडौँ । जाजरकोटमा मंगलबार बिहान पनि भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः५३ बजे भूकम्प गएको हो । सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।