युवालाई सीप र उद्यम व्यवसायका लागि निशुल्क औजार




बुटवल/बुटवल उपमहानगरले सञ्चालन गरेका मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशिलता विकास प्रबर्द्धन कार्यक्रम अन्तरगत निशुल्क औजार वितरण गरिएको छ । यो मुलुककै नमुना कार्यक्रम हो । यिनै कार्यक्रम अन्तर्गत उपमहानगरले निशुल्क सीप सिकाएकालाई प्रमाणपत्र तथा उद्यम९व्यवसाय सञ्चालन गर्न आवश्यक उपकरण ९औजार० निशुल्क प्रदान गरेका हो ।
औजार वितरणसंगै एसी र फ्रिज बनाउने छोटो अवधिको तालिम सुरु भएको छ । बुटवल उपमहानगरले सञ्चालन गरेकाविभिन्न सीपमूलक तालिम लिएका करिब तीन हजार मध्ये अधिकांशले सीपलाई व्यवसाय र उद्यममा परिणत गरेका छन्, रोजगारी सिर्जना र नौलो किसिमले व्यवसाय सञ्चालन गरिरहेका छन् । नर्सरी सञ्चालन, कौसी तरकारी खेती, जैविक मल उत्पादन, ढाका बुनाइ, कफीका परिकार, हातेबुनाइका सामग्री उत्पादन, बुटिक तथा पार्लर सञ्चालन, हेयर कटिङ तथा फेशन डिजाइनिङ, डेरि तथा दुग्धशाला सञ्चालन, फास्टफूड सञ्चालन देखि हेवी इक्वीपमेण्ट मर्मत र सञ्चालन गर्नेलगायतका करीब छोटो र लामो अवधिका ३० प्रकारका सीपमूलक तालिम सञ्चालनमा छन् । यस कार्यक्रम अन्तर्गत आधारभूत र विशिष्ट गरि दुबै प्रकारका तालिम सञ्चालन गरिएको छ ।
बुटवल उपमहानगरले बीटीआई र यूएनडीपीको सहकार्यमा नयाँ व्यवसाय तथा उद्यम सञ्चालन गर्न सीप सिकेकालाई आवश्यक औजार समेत प्रदान गर्दै आएको छ । करिब आठ लाख रुपैयाँ बराबरका औजार प्रदान गरिएको छ ।
कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, यूएनडीपीका लुम्बिनी९गण्डकी प्रदेश प्रमुख सुदीप अर्याल, उपमहानगरका आर्थिक महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल, बीटीआइका बिजनेस तथा प्रशासन प्रमुख चन्द्रबहादुर क्षेत्री, उपमहानगरका उद्योग, पर्यटन तथा बाणिज्य शाखाका ठगिश्वर पोखरेल, बीटीआइका इन्जिनियर मनोजरत्न भुसाललगायतले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो । उपप्रमुख आचार्यले नै एसी र फ्रिज मर्मत तालिमको शुभारम्भ गर्नुभएको छ ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










