लुम्बिनीमा खोपको अभाव हुदैन – स्वास्थ्यमन्त्री


बुटवल,माघ१०। लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले लुम्बिनी प्रदेशमा कोभिड खोपको अभाव नहुने दावी गरेका छन् । सरकार जनताको स्वासथ्यलाई केन्द्रमा राखेर काम गरिरहेको मन्त्री थारुको दावी छ । रिपोर्टर्स क्लवले सोमबार बुटवलमा आयोजना साक्षात्कारमा बोल्दै स्वास्थ्य मन्त्री थारुले भने – सबै जनतालाई खोप लगाउने गरी प्रदेश सरकारले योजना बनाएको छ । उनले आगमी फागुनसम्म लुम्बिनी प्रदेशका सबै जनतालाई खोप लगाउने बताउंदै खोप लगाउन छुटेका र नलगाएकाहरुलाई खोजीखोजी खोप लगाइने बताए।
जनताले दैनिक खोप लगाउन पाउने गरी जिल्ला जिल्लामा खोप केन्द्र स्थापना गरिने बताउंदै स्वास्थ्यप्रति सबै जिम्मेवार बन्नुपर्ने मन्त्रीको भनाइ छ।उनले स्वास्थ्य क्षेत्रलाई दिनुपर्ने प्राथमिकता यो सरकारले दिन नजानेको स्वीकार गर्दै केन्द्रिय सरकारको बिरोध गरे।जनतालाई गुणस्तरी स्वास्थ्य सेवा दिने गरी राज्य र नीजि क्षेत्रले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ छ।लुम्बिनी प्रदेशका जनताले कोभिड बिरुद्वको पहिलो डोज ८५ प्रतिशत र ७० प्रतिशतले दोस्रो डोज लगाएको जानकारी गराए। पहिलो डोज लगाएका मानिसको कोभिड संक्रमणका कारण मृत्युदर २ प्रतिशत र दोस्रो डोज लगाएकाको मृत्युदर १ प्रतिशत रहेको बताए।कोभिड महामारीबाट जनतालाई सुरक्षित राख्न सरकार सबै क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने र कसैप्रति पूर्वाग्राही नराख्ने बताए।
कोरोना नियन्त्रण तथा रोकथाममा सबैले आआफ्नो ठाउंबाट योगदान दिन आग्रह गरे ।सीमा क्षेत्रलाई व्यवस्थित गरिने आश्वासन दिंदै अबको एक साताभित्र कृष्णनगर नाकामा होल्डिङ सेन्टर स्थापना गरिने,सुनौली नाकामा थप व्यवस्थित गरिने र सरकारी अस्पतलाहरुमा थप सेवा थपिने मन्त्री थारुको दावी छ।कोरोना संक्रमणका कारण गरिएको स्वास्थ्य विमाको पैसा उपलब्ध गराउने विषयमा केन्द्रिय सरकारले कमजोरी गरेको मन्त्री थारुको भनाइ छ।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड नियन्त्रण तथा व्यवस्थापनको विषयमा सरकारले सहकार्य गर्न नसकेको बताए।जनतालाई स्वास्थ्य सेवा दिनेदेखि विकासका हरेक काममा सरकार असफल भएको आरोप लगाउंदै स्वास्थ्य सेवाप्रति प्रतिपक्ष एमाले सरकारलाई सहयोग गर्ने प्रतिवद्वता जनाए।

उनले निःशुल्क रक्तसेवा सञ्चालन गरेर लुम्बिनी प्रदेश सरकारले नमुना काम गरेपनि अहिले स्वास्थ्य सेवा दिन सरकार अलमलमा परेको बताउंदै यो सरकारले भन्दा पूर्ववर्ती हरेक क्षेत्रमा राम्रो काम गरेर बताउंदै यो सरकारले स्वास्थ्य क्षेत्रको वजेट कटौती गरेको भन्दै आलोचना गरे।नीजि क्षेत्रले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने गरी सरकारले वातावरण बनाउन नसकेको र सरकारले विगतका कानूनी जटिलतालाई पनि सुधार गर्न नसकेको दावी जसका कारण स्वास्थ्य क्षेत्रमा थप जोखिम बढेर जाने देखिएको छ भने।
मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले तेश्रो भेरियन्ट आउछ भन्ने थाहा हुंदापनि सरकार र राजनीतिक पार्टीहरु जनताको स्वास्थ्यप्रति गम्भीर नबन्दा अहिले यो अवस्था आएको बताए। कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्व तयारीमा सरकार असफल भएको उल्लेख गर्दै राजनीतिक दलहरुका महाधिवेशन र सभा सम्मेलनहरुका कारण संक्रमण फैलिन सहज भएको तर्क गरे।
लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले राज्यलाई समस्या परेको बेला नीजि क्षेत्रले सहयोग गर्नुपर्ने बताउंदै कोभिड व्यवस्थापनमा राज्यले ध्यान पुराउन नसकेको बताए। महामारीको बेला नीजि क्षेत्रले स्वास्थ्यमा ठूलो योगदान दिएपनि राज्यले उपेक्षा गरेको बताउंदै कोभिड नियन्त्रण तथा रोकथामका लागि नीजि क्षेत्रले आवश्यक सहयोग गर्न सक्छ भने। उनले पछिल्लो समय सरकारले मेडिकल कलेजले पारामेडिकल्स र नर्सिङ पढाउन नपाउने कानून ल्याएकाले दक्ष जनशक्ति उत्पादनमा समस्या आएको बताए। नेपाल जनस्वास्थ्यकर्मी संघकी केन्द्रिय सह कोषाध्यक्ष उमा थापाले महामारीको बेला चौबिसै घण्टा खटेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई सरकारे सेवा सुविधानदिएको गुनासो गरिन।स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा जोखिम भत्तासमेत सरकारले नदिएको उनको गुनासो छ। रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










