ट्रान्सपोर्ट कम्पनिहरु एकै स्थानमा
व्यवस्थित रुपमा सञ्चालनका लागि ढुवानी व्यवसायीहरुको आग्रह



बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. १२ मा नेपाल कै नमुनाका रुपमा निमार्ण गरिएको पहिलो ट्रान्सपोर्ट नगर(ढुवानी ग्राम) व्यवस्थित रुपमा सञ्चालनका लागि ढुवानी व्यवसायीहरुले आग्रह गरेका छन् । बुटवल वजार क्षेत्रबाट ग्राममा ढुवानी कम्पनिहरु गएपछि सामान ढुवानीमा केही अप्ठ्यारो भएको गुनासो आएपछि हुदा त्यसलाई समाधान गर्न उनीहरु अनुरोध गरेका छन् ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीको अयोजनामा सोमवार बुटवलमा भएको एक छलफल कार्यक्रममा उनीहरुले नगरपालिकाको नीजि साझेदारी परियोजना अन्तरगत निमार्ण भएको ढुवानी ग्रामको निमार्णको काम अन्तिम चरणमा पुगेको र बुटवलमा रहेका ट्रान्सर्पोट कम्पनिहरु सो क्षेत्रमा स्थानान्तरण भएको अवस्थामा आएका असहज परिश्थितिको अन्त्य गर्दै अगाडी बढ्न आग्रह गरेका थिए ।


यस क्षेत्रमा क्रियाशिल उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीक संघसंस्थाहरुका प्रतिनिधिहरुसंगको छलफलमा उनीहरुले सो आग्रह गरेका हुन । ढुवानी व्यवसायीहरुले ढुवानी ग्राम निमार्णको उद्देश्य, औचित्य र आवश्यक्तालाई मनन गर्दै व्यवस्थित नगरको अवधारणालाई कार्यान्वयनमा ल्याउन तत्काल आउने सानातिना समस्याहरुलाई आपसी समझदारीमा पन्छ्याएर काम गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल ढुवानी व्ययवसायी महासंघका केन्द्रीय महासचिव अरुणकुमार श्रेष्ठले बुटवलमा निमार्ण भएको ढुवानी ग्राम नेपाल कै उदाहरणीय र उपलब्धिमुलक काम भएको बताउदै त्यसलाई आपसी समझदारीमा सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरुसंग आग्रह गर्नु भयो ।
श्रेष्ठले शहरी विकाससंगै ढुवानीमा आउने गरेको समस्या र अवरोधलाई अन्त्य गर्न ढुवानी ग्रामको निमार्णले महत्वपूर्ण भूमिका निर्वाहा गर्ने विश्वास व्यक्त गर्दै बुटवल उपमहानगरपालिका र ढुवानी व्यवसायीहरुले अगाडी सारेका अवधारणालाई देशका अन्य शहरमा पनि प्रयोग गर्न चाहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले छरिएर रहेका ढुवानी व्यवसायीलार्य एकै ठाउमा ल्याउने कामले समग्र व्यवसाय प्रवद्र्धन गर्न तथा वजार व्यवस्थापन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । पौडेलले नया काम गर्दा आउने समस्यालाई न्यूनिकरण गर्दै लैजान आग्रह गर्दै प्रतिष्पर्धाको वजार भएका कारण उद्योगी व्यवसायीहरुलाई थप भार नपर्ने गरि समयअनुकुल भाडा तय गरेर सामुहिक कलेक्सन र वितरणको व्यवस्था मिलाउन सुझाव दिनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर पौडेलले वजार क्षेत्रमा ढुवानी गर्दा आउने समस्यालाई अन्त्य गर्न व्यवसायीहरु कै पहलमा निमार्ण गरिएको ढुवानी ग्रामको सञ्चालनको दायित्व पनि उनीहरुको रहेको बताउदै आफुहरु सधै साथमा रहेको प्रतिवद्धता जनाउनु भयो ।

नेपाल औषधि व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले ढुवानी ग्राम बन्दा धेरै प्रकारले व्यवसायीहरुलाई सहज हुने विश्वास व्यक्त गर्दै तत्काल व्यवस्थापनका क्रममा देखिएका अप्ठ्याराहरुलाई छलफल गरेर समाधान गर्न आग्रह गर्नु भयो ।
रुपन्देही व्यापार संघका सचिव र्फसुराम पन्थले तत्काल वजारबाट ढुवानी व्यवसायीहरु ग्राममा जादा साना व्यवसायीहरुलाई असहज हुने भएपनि त्यसका लागि अनुकुलताका आधारमा भाडादेखि ढुवानीको सेवा प्रभाव गर्नु पर्ने बताउनु भयो ।
ढुवानी व्यवसायी महासंघका सल्लाहाकार जितु भाटले यस क्षेत्रको आर्थिक विकासका लागि ढुवानी व्यवसायीको समस्या समाधानतर्फ ध्यान पुग्न नसकेमा सधै समस्या यथावत रहने बताउदै ग्राम सञ्चालन गर्ने दायित्व ढुवानी व्यवसायीको मात्र नभएको जिकिर गर्नु भयो ।
ढुवानी व्यवसायी समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरे(विष्णु)को सञ्चालन तथा समितिका पूर्व अध्यक्ष माधव नेपालको स्वागतमा भएको कार्यक्रममा ढुवानी ग्राम सञ्चालक रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ग्रामको निर्माय तथा सञ्चालन प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।

बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं.१२ भैरहवा टोलमा तीन बिघा क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनेको हो । करिब ३० करोड लागतमा निर्माण भएको ट्रान्सपोर्ट भिलेजमा ढुवानी व्यवसायीको साढे १२ करोड र बुटवल उपमहानगरपालिकाको साढे १७ करोड लगानी रहेको छ । त्यहाँ ४९ वटा सेड निर्माण भएका छन् र बुटवल वजारमा रहेका सबै ढुवानी व्यवसायीहरु सो स्थानमा सरेका छन् ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










