बुटवलमा सुन चोरेका भारतीय नागरिक पक्राउ


भैरहवा,बैशाख२७गते। रुपन्देहीको बुटवलमा सुन चोरेका भारतीय तीनजना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।बुटवलको मजुवामा सञ्चालित गुल्मेली मजुवा सुनचांदी पसलबाट सुनका गरगहना र नगद पैसा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा, भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा संलग्न तीन जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगंज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खान छन् । बैशाख १३ गते उनीहरुले करिब ३ करोड बराबरको सुन र नगद चोरी गरेको पीडित परिवारको भनाई छ । घटनामा संलग्नमध्ये मोहद जिसान खान मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु व्यवसायिक चोरी गर्ने समूह रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।तीनै जनालाई घटना घटेको १३ दिनपछि बैशाख २६ गते सांझ लुम्बिनी सांस्कृति नगरपालिका–४, महुवारीस्थित खुनगाई–कालीदह सडकखण्डमा सवारी चेकजांचका क्रममा पक्राउ गरिएको प्रहरी बताएको छ । प्रहरीले उनीहरु सवार युपी ३२ एल डब्लु ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एक थान बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुई थान १०÷१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको छ । यस्तै, ३ थान मोबाइल, ६ हजार भारतीय रुपैयां र एटीएम कार्ड पनि उनीहरुको साथबाट बरामद गरिएको एसपी रेग्मीले जानकारी दिनुभयो । चोरी भएको उक्त सुन पसलको छेउमा उनीहरुले व्यवसाय गर्ने भनी सटर भाडामा लिएका थिए । घरबेटीलाई अग्रिम मासिक ३० हजारका दरले १२ महिनाकै घरभाडा बुझाइसकेका थिए । प्रहरीका अनुसार होटलमा बसेर योजना बनाएर उनीहरुले सुन पसलमा चोरी गरेका थिए । तीनैजनालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीले जानकारी गराएको छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










