नेपालमा सांस्कृतिक आक्रमण


बिष्णु थापा क्षेत्री कतार

भर्खरै सम्पन्न स्थानिय चुनावमा देखिएका राजनीतिक दल, स्वतन्त्र उम्मेदवार प्रतिको जनलहरलाई नियाल्दा जनतामा राजनीतिको त्रास,दलहरुको घमण्ड व्यक्तिबादी प्रवृत्ति, नातावाद, कृपावादवादबाट अछुतो रहन नसकेको स्पष्ट देख्न सकिन्छ। जसरी स्वतन्त्र उम्मेदवारको नाममा अनेकौ मानिस सत्तामा पुग्ने प्रवृत्तिले हाम्रो सामाजिक अस्तित्व हकहितलाई निर्धारण गर्नुभन्दा पनि समाज अर्कैको ईसारामा त फस्दैछैन ?यो प्रश्न राजनितीक दलका जिम्मेवार ब्यक्तिहरुले निधार खुम्च्याएर सोच्नुपर्ने बेला आएको त होईन? प्रश्न गम्भीर छ।भर्खरै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको कुरामा मात्र सिमित छैन एम सि.सि कार्यन्वयन गराउने कुरा स्लो पोईजनको रुपमा फैलिदै गएको छ।उदाहरणको लागि अमेरीकन प्रतिनिधी नेपाल भ्रमणको बेला दलाई लामा क्याप सम्म पुग्नु, इन्धन वचत गर्ने बहाना बनाएर आईतवार पनि सरकारी कार्यलयमा बिदा दिनुले शंकास्पद वातावरणको सृजना गरेको छ। हाम्रो समाज कता जादैछ ? हाम्रो मौलिक संस्कार संस्कृति,चाडवाड रितिरिवाजले धनी छौ। दिनहुँजसो पर्व मनाईरहेका हुन्छौ,बहुल जाती, बहु भाषी ,बहु सास्कृतिक रुपमा सुसम्पन्न हामी नेपाली राजनितीक दलकै अकर्मण्यताका कारण विविध रुपमा सास्कृतिक शिकार बनिरहेका छौ। हामिमाथी प्रत्यक्ष वा प्रत्यक्ष रुपमा सास्कृतिक आक्रमण भैइरहेको छ तर हामी आधुनिकताका नाममा ललिपप खाएर रमाईरहेका छौ।हामी आफ्ना मौलिकता लाई बिर्सिदै गएका छौ भने बाह्य सस्कृतिलाई अबलम्बन गरिरहेका छौ।हाम्रो सभ्य नेपाली भाषामा जन्मदिनलाई (वर्थ डे), बैबाहिक वर्षगाठलाई (एनिभर्सरी) जस्ता पश्चिमी सास्कृतिलाई आत्मसाथ गर्दै सामाजिक संजाल लगायतबाट लाईक कमेन्टमा मज्जाले मख्ख परेर रमाउने गर्दछौ। दिनहु सामाजिक संजालमा हेर्नुहोस मुलुककै ख्यातिप्राप्त चर्चित कलाकार साहित्यकार,राजनितीक दलका अगुवाहरु लगायत प्रतिष्ठित ब्यक्तिहरु नै देखासिखी गर्न अगाडी देखिन्छन।कुनै मानिसको कारणवस मृत्युवरण भयो भने अलिकती पनि मानवीय संवेदनाको ख्याल नगरी, सत्य तथ्य वस्तुगत,वर्तमान अवस्था र त्यो पश्चात् हुन सक्ने संभाबित अवस्थालाई नजर अन्दाज नगरी श्रद्धाञ्जली दिन तछाडमछाड गर्दछौ। एक जनाले पोस्ट गर्न साथ आफनो पेजमा विभिन्न रङ्ग,शिर्षक, सहानुभूति दिएर पोस्ट गर्नै ब्यक्तिहरुको जमात ह्वात्तै बढेर आएको छ। यस खालको प्रबृत्तिले समाजलाई सकारात्मक होईन नकारात्मक दिशा तिर धकेल्दै आएको छ।यस्ता किसिमका गतिविधिहरुलाई न्यूनीकरण गर्न समाजिक संघ संस्थाले प्रशिक्षण कार्यक्रमको आयोजना गरि केहि पहल गर्ने कि? त्यसैगरी संसारका गरिब किसान मजदुरको मुक्तिका खातिर समाजवाद र साम्यवादको परिकल्पना गरी आजिवन संघर्ष पश्चात् शोषक सामन्तलाई सत्ताच्युत गर्दै रुस,चिन र भियतनामजस्ता शक्तिशाली मुलुकमा सर्वहारा र्वगको सत्ता स्थापित गर्न सफल भएका थिए। ती महान् अन्तर्राष्ट्रियवादी नेताहरु कार्ल माक्स,फ्रेडरिक एड्गेल्स, लेनिन स्टालिन र माओत्सेतुडको जिवनी अध्यन अनुसन्धान गर्न विज्ञान सम्मत र चेतना मुलक हुनेमा दुईमत छैन। अहिले केही मानिसहरु रैती मानसिकता बोकेर संसानघाटमा पुगेको राजसंस्था ब्युउताउन तल्लिन छौ।उनिहरु राजा विनाको देश सिक्किम बन्छ भन्ने झुठो र तर्कहिन आश्वासन फ्याकेर भ्रम छरिरहेका छन । बास्तबमा भन्ने हो भने त्यो देश सिक्किम बनाउन सुरु गर्ने राज संस्था नै हो, यो सर्वबिदितै भएको कुरा हो।नेपालमा राजाको प्रत्यक्ष शासन भएको बेलामा कालापानीमा भारतीय सेनाले किल्ला बनाएर बस्दा सम्म राज संस्थाले कुनै आधिकारिक आवाज सम्म नउठाएको हामी सबैलाई थाहा नै छ भने अझै राज संस्थालाई पुनर्स्थापना गर्छु भन्दै कुर्लिनु इतिहासको अध्यन नगरेको नेपाली जनताको बिरोधी हो । यदि नेपालमा फेरि पनि राजसंस्थाको पुनर्स्थापना हुन्छ भने त्यसले आफ्नो प्रतिक्रियावादी सत्ता टिकाउनका लागि भारतीय शासक वर्गहरु सित नेपालको राष्ट्रियता,सार्भौमसत्ता र अखण्ड नेपालका विरुद्ध अन्य सम्झौता गर्दै जाने छ र यो देश जनताको भबिस्य बर्बाद हुनेछ।
लेखक– कतार नेपाली एकता समाज अध्यक्ष हुनुहुन्छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










