प्रजिअ पाण्डेलाई बुटवलमा स्वागत सम्मान
व्यवसायीहरुको समस्यामा गम्भिर बन्न आग्रह



बुटवल/रुपन्देही व्यापार संघले एक कार्यक्रमको आयोजना गरि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई सम्मान गरेको छ । बुटवलमा आयोजना गरेको परिचयात्मक तथा सम्मान कार्यक्रममा रुपन्देहीमा आउनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा बोल्दै प्रजिअ पाण्डेले रुपन्देही जिल्लाले आर्थिक रुपमा धेरै फड्को मारेको उल्लेख गर्दै त्यसलाई बचाएर लैजाने कार्यमा सबै क्षेत्रको सहकार्य जरुरी रहेको बताउनु भयो । उहाले रुपन्देही जिल्ला आर्थिक विकास र पर्यटकीय हिसाबले नेपालकै उत्कृष्ट जिल्लाको रुपमा रहेको बताउनु भयो ।
प्रजिअ पाण्डेले आफुसंग बुटवलमा वसेर स्थानिय निकायमा काम गरेको अनुभव रहेको हुदा यहाको आवश्यक्ता र जिम्मेवारीका बारेमा जानकार रहेको बताउदै निजी क्षेत्रको समस्यामा आफु सधै सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाले सिमा क्षेत्रबाट हुने चोरी निकासीलाई निरुत्साहित गर्न व्यवसायीहरुको माग प्रति सम्बेदनशिल रहेको र त्यसका लागि दुइपक्षीय काउन्टरपार्ट मिटिङमा गम्भिरतापूर्वक कुरा राख्ने बताउनु भयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्न सबैको प्रयासबाट मात्र सम्भव हुने बताउदै समाजमा शान्ति सुरक्षा कायम राख्ने, वजार अनुगमन गर्ने कुरालाई प्रशासकको दायित्व अन्तर्गत राखेको उहको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले भारतसंगको खुला सीमा नाका व्यवस्थापन गर्न, अवैध व्यापार नियन्त्रण गर्न, शान्ति सुरक्षामा ध्यान दिन र बुटवल बेलहिया व्यापारिक मार्ग अन्तरगत बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक निमार्ण नहुदा निकै समस्या झेल्नु परेको हुदा त्यसमा ध्यान दिन आग्रह गनर््ु भएको थियो ।
अध्यक्ष घिमिरेले संघले सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको स्मरण गराउदै प्रशासनबाट व्यवसायीहरु अनाहकमा कहिलेकाहि दुःख पाउने गरेको भन्दै प्रजिअको ध्यानाकर्षण गराउनु भएको थियो ।
संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले व्यवसायीका समस्याको समाधानका लागि हातेमालो गर्न तयार रहेको बताउदै प्रशासन कार्यालयबाट प्रभाव हुने सेवा सरल ढंगले पाउने बातावरण बनाउन आग्रह गर्नु भएको थियो ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले धन्यवादज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शंकर भट्टराई, मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष यमलाल लोहनी, सल्लाहाकारहरु, पदाधिकारी, कार्यसमिति सदस्यहरु, बस्तुगत समितिका पदाधिकारी सदस्यहरुको उपस्थिति रहको कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










