ध्रुवतारा सयपत्रि साकोसको सोहैं वार्षिक साधारणसभा सम्पन्न
सुनगाभा बचत प्रोत्साहन अन्तरगत बचतकर्तालाई झोला बितरण


बुटवल/ध्रुवतारा सयपत्रि वचत तथा ऋण सहकारी संस्था लि., बुटवलको सोहैं वार्षिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएकोछ ।
सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय संचालक तथा जिल्ला सहकारी संघ रुपनदेही अध्यक्ष भिम तुलाचनले सहकारीलाई सहकारीको मुल्य र मान्यतामा सञ्चालन गरि त्यसलाई आर्थिक समृद्धिसंग जोड्न आग्रह गर्नु भयो । उहाले छरिएर रहेको सानो सानो पूजीलाई सुरक्षा गर्ने जिम्मा सञ्चालक समितिको रहेको हुदा सहकारीमा देखिएका विकृतिलाई हटाउदै मर्जरको नीतिलाई सहि रुपमा कार्यान्यवन गर्न निर्देशन पनि दिनु भएको थियो ।
उद्घाटन कार्यक्रममा सहकारी तथा रोजगार प्रर्बदन शाखा प्रमुख गुणाखर खनाल, मणिमुकुन्द सेन उद्यान परिषदका अध्यक्ष खेमप्रसाद लुईंटेल, जिल्ला सहाकारी संघ रुपन्देही सदस्य तथा लालटिन कृषि सहकारीका अध्यक्ष गंगालाल सापकोटा, आस्था बहुउद्देश्यीय सहाकारीका अध्यक्ष शोभाखर पोखरेल, जागरुक साकोसका अध्यक्ष लक्ष्मण बस्याल, उपकार साकोसका उपाध्यक्ष कृष्ण शर्मा, सल्लाहकार चुरामणी भुसाल, निबर्तमान अध्यक्ष तुल्सिराम शर्मालगायत बोल्दै सरकारीलाई सरकारले अर्थतन्त्रको एक पिलरको रुपमा स्वीकार गरेको भएपनि त्यसलाई संरक्षण गर्ने नीति बनाउने काम नगरेको भन्दै सहकारीलाई बलियो बनाउने वचत सदस्यहरु सचेत हुनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर कुँवरको अध्यक्षता, सचिव ई. गोविन्द लामिछानेको संचालन तथा उपाध्यक्ष ई. छबिन्द्र भट्टराईको स्वागतमा सम्पन्न भएको थियो । २० करोड ५७ लाख वासलात भएको संस्थाले ३ करोड ४ लाखको आम्दानी सहित २५ करोडको वासलात पु¥याउने गरि बजेट पारित गरेको छ ।


सभाको दोस्रो सत्रमा बन्दसत्रमा प्रस्तुत अध्यक्ष मानबहादुर कुँवरको प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक पशुपति पौडेलको लेखा प्रतिवेदन तथा कोषाध्यक्ष विनोद खनालको आर्थिक प्रतिबेदन छलफल सहित पारित गरिएको थियो । सयपत्रि वचत सहकारी र ध्रुवतारा वचत सहकारी संस्थावीच एकिकरण भएको बनेको ध्रुवतारा सयपत्रि वचत सहकारीको बुटवल उपमहानगरपालिका वडा नं. ६ पुस्पलालपार्कमा केन्द्रीय कार्यालय रहेको छ र सहकारीमा हाल १४२५ सदस्य रहेका छन् ।
संस्थाले कार्यक्रमका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुकासाथै यसै आर्थिक बर्षबाट सुनगाभा बचत प्रोत्साहन अन्तरगत बचतकर्ता करिब ६० सदस्यलाई झोला बितरण समेत गरेको संयोजक बिनोद खनालले जानकारी दिए ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










