क्रसर उधोग बन्द हुंदा विकासे आयोजना प्रभावित, लुम्बिनीमा २ सय र रुपन्देहीमा ३४ वटा क्रसर बन्द
बुटवल, माघ २ गते । गिट्टी, बालुवा र ढुंगा निकासी नभएपछि विकासका आयोजनाहरु प्रभावित भएका छन् ।सरकारले अबैध क्रसरहरु बन्द गर्ने निर्णयगरेपछि केही दिनदेखि गिट्टी, बालुवा र ढुंगाको अभाव छ ।
गत २० पुसको गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउने निर्णयपछि ढुंगा, गिट्टी र बालुवाको अभाव भएको हो । देशका धिकांस ठाउंहरुमा सञ्चलित क्रसरबाट विक्री वितरण नभएपछि सानादेखि ठूला विकासे योजनाहरु रोकिएका छन् ।
किन्न र ओसारपसार गर्न सरकारले रोक लगाएपछि तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्ने ठेकेदार कम्पनीहरुले बताएका छन् ।
विकासे आयोजनाहरूलाई ठेकेदार कम्पनीले काम रोकिएको र त्यसको जिम्मेवार सरकार नै हुने भन्दै निर्माण कम्पनीले लिखित रुपमै आयोजनाहरुसंग दाबी, क्षतिपूर्ति र हर्जाना दावी गर्न थालेका छन् ।
सडक विभागले निर्माणधिन अवस्थामा रहेका देशभरका विकासे आयोजनाहरु प्रभावित भएको जनाएको छ ।
गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि देशभर जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरी ओसारपसारमा कडाइ गरेको छ ।
लुम्बिनी प्रदेशमा मात्र २ सय क्रसर बन्द रहेको रोडा ढुंगा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।अध्यक्ष ज्ञवालीका अनुसार रुपन्देहीमा ३४ वटा क्रसर बन्द छन् ।राज्यले बन्द गरेकाले कहिलेदेखि क्रसर उद्योग सञ्चालन हुन्छन् केही भन्न नसकिने व्यवसायीले बताएका छन् ।