माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी
बुटवल, माघ ९ गते । नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताका गर्ने गरी लागि वार्ता सुरु भएको छ । दुवै दलले बनाएका पार्टी एकता संयोजन समितिबीच वार्ता भएको हो । पार्टी एकताका लागि वार्ताको निष्कर्ष सकारात्मक रहेको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले बताएका छन् ।
काठमाण्डौमा भएको पहिलो चरणको वार्ता सकारात्मक भएको र केही प्राविधिक कुराबाहेक धेरैजसो कुरा मिलिसकेको नेता भुसालले बताए ।
एकीकृत समाजवादीका महासचिव भुसालले भने – पहिलो बैठकमा दस्तावेज आदान प्रदानसहित वार्ता सकारात्मक छ । अबको बैठकले पार्टी एकतालाई पूर्णता दिने छ । दुई पार्टीबीच धेरै कुराहरु मिलेको भुसालको भनाइ छ ।
दुई पार्टीबीच केही सैद्धान्तिक र वैचारिक भिन्नता रहेकाले उक्त विषयमा छलफल जारी राखिने र छलफलबाट सबै विषय टुंगिने उनले बताए ।
चन्द्रदेव जोशीले नेृतत्व गरेको नेकपा संयुक्तसँग पनि एकता गर्नेगरी तयारी भएको उनले बताए।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि साविक एमाले र माओवादी अलग अलग भएका थिए। एमालेबाट पनि अलग भएको एकीकृत समाजवादीले पुनः माओवादीसँग पार्टी एकताको अन्तिम तयारीमा छ ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको आइतबारको वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल सहभागी रहेको बताईएको छ ।
यही माघ ८ गते पार्टी एकताका लागि पहिलो बैठक भएको बताइएको छ ।