सरकार ऋणमा चलेको छ – अर्जुन नरसिंह केसी


बुटवल, चैत्र ४ गते । नेपाली कांगे्सका नेता अर्जुन नरसिहं केसीले सरकार ऋणमा चलेको बताएका छन् । उनले दातृ निकायको सहयोग र ऋणमा देश तथा सरकार चल्नुको संकेत राम्रो नभएको बताए ।
पे्रस युनिय रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देश आर्थिक रुपले संकटमा परेको स्वीकार गरेका छन् ।
आर्थिक रुपले देश राष्ट्रिय समस्यामा परेको बताउंदै उनले भने – समयमा सम्बोधन गर्न नसकिए देश आर्थिक रुपले श्रीलंका भन्दा अगाडी बढ्ने संकेत गरे ।
उनले नेपालले २१ खर्व ऋणको भार बोकेको बताउंदै नौ सय अर्व व्यापार घांटामा देश चलेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता केसीले भने – राजनीतिक गठबन्धन र खिचातानीबाट माथि उठेर देशकोबारे सोच्नु पर्ने बेला आएको छ ।
दण्डहिनता र अराजकताले देशलाई थप समस्यामा पारेको उल्लेख गर्दै उनले भने – देशमा मुल्यवृद्वि र भ्रष्टाचार असिमति छ ।
उपराष्ट्रपति छनोट तथा निर्वाचनको विषयमा संविधान निर्माणमा त्रुटी रहेको बताए ।
उपराष्ट्रपति बनाउने विषयमा फरक लिंग वा फरक समूदाय भनेकाले मउपराष्ट्रपति महिला नै हुनुपर्छ भन्ने विषयमा संवैधानिक अस्पष्टता रहेको उल्लेख गर्दै पुरुषलाई उपराष्ट्रपति हुन र बन्न संविधानले छुट दिएको दावी गरे ।

निर्वाचन पद्वतिबारे सोच्नुपर्ने बताउंदै नेता केसीले भने – समानुपातिक सिटमा पनि निर्वाचन हुनुपर्छ ।
पे्रस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको अध्यक्षता र सचिव कविन्द्र नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।