एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्दै, एमालेमा विवाद


बुटवल, साउन ७ गते । एमालेका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमनत्री बनाउने विषयमा चरम गुटबन्दीको चलखेल भैरहेको थियो एमालेमा ।
एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेसँगै गुटगत राजनीतिको प्रभाव झनै बढेको छ । एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भएपनि एमाले केन्द्रको निर्देशनमा चेतनारायण आचार्यले बाजी मारेका छन् ।

आचार्य यसअघि आर्थिक मामिलामन्त्री रहेका थिए । आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको हो । स्रोतका अनुसार आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाटै निर्देशन आएको हो । चेतनारायण आचार्य शंकर पोखरल निकट मानिन्छन् । लिला गिरी विष्णु पौडेलको मानिन्छन् ।
अब बन्ने मुख्यमन्त्री आचार्यले दलको नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । कांग्रेस नेता डिल्ली चौधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले बताएका छन् ।
संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै शंकर पोखरेल निकट अर्घाखाचीका चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।
लुमिबनीको मुख्यमनत्री बनाउने विषयमा एमालेमा उपाध्यक्ष विष्णु पौडेल भन्दा महासचिज शंकर पोखरेल हावी भएको देखिन्छ ।
