युवा परिषद् लुम्बिनीमा विवाद, मन्त्रीले किर्ते गरेको उपाध्यक्ष गोविन्दबहादुर खत्रीको दाबी

बुटवल, असोज ३ गते । प्रदेश युवा परिषद् लुम्बिनीमा विवाद उत्पन्न भएको छ । लुम्बिनी प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले परिषद्को उपाध्यक्षबाट गोविन्दबहादुर खत्रीलाई सो पदबाट हटाई हंसराज खनाललाई नियुक्ती गरेपछि विवाद उत्पन्न भएको हो ।

तत्कालिन सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले मन्त्रालयको छापको दुरुपयोग गरी आफुलाई प्रदेश युवा परिषद् लुम्बिनीको उपाध्यक्षबाट हटाएको उपाध्यक्ष गोविन्दबहादुर खत्रीले बताएका छन् । उपाध्यक्ष गोविन्दबहादुर खत्रीले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्री रत्नबहादुर खत्रीले छापको दुरुपायोग गरी किर्ते काम गरेको आरोप लगाएका छन् ।
लुम्बिनी प्रदेशमा एमालेको सरकार ढलेपछि मन्त्रीबाट राजीनामा दिएपछि मन्त्री खत्रीले मन्त्रालयको लेटरप्याड र छाप घरमै लगेर छापको दुरुपयोग गरी कानुन विपरित आफुलाई उपाध्यक्षबाट हटाएको गोविन्दबहादुर खत्रीले बताए ।

राजनीतिक पूर्वाग्राही राखी आफ्नो मनोमानी ढंगले २०८१ असार २० गते चलानी नम्बर ४५ को पत्र लेखी मन्त्रीले उपाध्यक्षबाट गोविन्दबहादुर खत्रीलाई पद मुक्त गरी हंसराज खनाललाई नियुक्ती गरेका थिए । तर चलानी नम्बर ४५ र ४९ दुवै पत्र मनत्रालयको चलानी किताबमा चलानी नम्बरको रेकड नरहेकाले उपाध्यक्ष नियुक्ती खवैधानिक भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तमिा उल्लेख गरिएको छ ।

राजनीतिक पूर्वाग्राहीमा प्रदेश युवा परिषद् लुम्बिनीलाई विवादमा ल्याउने र लुम्बिन्का ि२२ लाख युवाहरुमाथि अन्याय गर्ने तत्कालिन मन्त्री रत्नबहादुर खत्रीलाई नेपालको संविधान अनुसार कारवाही गर्न माग गरिएको छ । आफ्नो पद कायम राख्न पाउं भन्दै अदालतमा मुद्वा दिएका थिए युवा परिषद्का उपाध्यक्ष गोबिन्दबहादुर खत्रीलाई अदालतले हराईदिएको थियो ।

युवा परिषद्का उपाध्यक्ष खत्रीले अदालतले नबुझेर आफुले हारेपनि सर्वोच्च अदालतमा जाने पत्रकार सम्मेलनमा बताएका छन् । सर्वोच्च अदालतले आफुलाई जिताउने उनको दाबी छ ।