लालटिन सहकारीले मनायो छठौं साधारण सभा


असोज १६, बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छौठौँ वार्षिक साधारणसभाका निर्णय एकीकृत गर्दै साधारणसभा समापन गरेको छ ।
शनिवार सहकारीले सेवा केन्द्र विस्तार, सहकारी पसलको शाखा विस्तार, शेयर लाभांश वितरण लगायतका निर्णयहरु एकीकृतसहित पारित गरेको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले जनाकारी दिए । अध्यक्ष सापकोटाका अनुसार सहकारीले पहिलो सेवा केन्द्रका रुपमा तिलोत्तमाको दीपनगरमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीले रुपन्देही जिल्लाका चार स्थानमा सहकारीका सेवा केन्द्रहरु विस्तार गर्न स्वीकृती प्राप्त भएको उनले बताए ।
शेयर पूँजी २ कारोड ४४ लाख ६३ हजार ७ सय रहेको सहकारीको बचत निक्षेप १० करोड ५५ लाख ९ हजार ७ सय ९३ रुपैया रहेको छ । जस मध्ये सरकारले संचालन गरेको उपभोत्ता पसलमा ८५ लाख ९९ हजार ६ सय ३७ रुपैया लगानी रहेको कोषाध्यक्ष गोपाल प्रसाद गैरेले बताए । सहकारीको कुल सम्पत्ति १५ करोड ४९ लाख ६४ हजार ५ सय ७५ रुपैया रहेको गैरेले बताए ।
विगत वर्ष कै ५ हजारमा संस्थाको शेयर सदस्य बन्न सकिने प्रावधान, कल्याणकारी कोष समेतलाई निरन्तरता दिइएको अध्यक्ष सापकोटाले बताए । शेयर सदस्यहरुका लागि दुर्घटना विमाको विमांक बृद्धि गरी दुई लाख पचार हजार पुर्याइएको उनले बताए । उनले सहकारीले तीन तीन महिनामा निरन्तर रत्तदान गरी वितीय संस्थामा अग्रस्थानमा रहेको बताए ।
जसका लागि प्रतिनयाँ शेयर सदस्य एक हजार रुपैया लाग्ने छ । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष सापकोटाले आर्थिक वर्ष ०७७ ०७८ को प्रगति प्रतिवेदन, नीति कार्यक्रम सहितको प्रतिवेदन पारित गरेको छ । त्यस्तै सभाले लेखा संयोजक उमलाल बन्जाडेको लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य तथा बुटवल उपमहानगरपालिकाका नगरसभा सदस्य दीलप्रसाद नेपालीले सहकारीको लगानीलाई कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता र सचिव राजु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष यज्ञप्रसाद उपाध्यय, सल्लाहकार पदम श्रेष्ठ, बाबुराम आचार्यलगायतले बोल्दै सहकारीलाई थप व्यवस्थित बनाउन सबै शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण रहेकाले सहकारीप्रति ध्यान दिन आग्रह गरे ।








![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)















