अखिल नेपाल शिक्षक संगठन रुपन्देहीमा रेशम चालिसे

विनोद खनाल
बुटवल, असोज १४ गते । अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको आठौं जिल्ला अधिबेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले रेशम चालिशेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नुका साथै ७ सदस्यीय सल्लाहार समिति चयन गरेको छ ।

जसको सह अध्यक्षमा दिपक बन्जाडे, महिला उपाध्यक्षमा शुसिला गैरै, अर्का उपाध्यक्षमा कृष्णप्रसाद पौडेल र अर्जुन चौधरी, सचिवमा शेरचन गिरी, सहसचिवमा केशवराज अर्याल, कृष्ण पोखरेल र पर्शुराम चौधरी यसैगरी सदस्यहरुमा राजु शर्मा पौडे, निक तरामु मगर, खोपलाल पाण्डे, यदुनाथ तिवारी, भिमा केसी र चार स्थान रिक्त राखिएको छ भने सल्लाहकारहरुमा अर्जुन प्रसाद पोखरेल, शिबकला खनाल, ज्ञानु केसी, महेश पाण्डे, पिताम्बर बन्जाडे, रामप्रसाद न्यौपाने र गोविन्द उपाध्यायलाई चयन गरेको छ ।

अधिबेशनमा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं संगठनका फ्र्याक्सन ईन्चार्ज भेषराज सीले अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरु सबैभन्दा जुझारु, सक्षम, अपडेट र सकृय हुन जरुरी रहेको बताए । उनले श्रम, शिक्षा र चरित्रलाई एकीकृत गर्ने खालको शिक्षा निती बनाउनुपर्नेमा जोड दिँदै अंकमा मात्र मापन गर्ने शिक्षा नितिले समग्र गुणस्तरीयता मापन गर्न नसकिने ठोकुवा गरे ।

संगठनका पूर्व महासचिव समेत रहेका उनले एकीकृत जनक्रान्तिको नयाँ स्कुल मार्फत देशभरि पढाउने अभियानमै रहेको भन्दै आँफुलाई राजनीतिक पार्टिको नेता भन्दा शैक्षिक आन्दोलनको सिपाही हुनुमा गर्व रहेको बताए ।

अर्का फलिटब्युरोसदस्य एवं रुपन्देही इन्चार्ज वसन्त सीले शिक्षा नीति निर्माण गर्ने थलोमा ठेकदारहरुको बोलवाला भएको भन्दै शिक्षकहरुले शिक्षा नीति सुधार एवं पेषागत हकहितका लागि ठुलो दवाबमूलक आन्दोलनको आवस्यकता रहेको बताए ।

संगठनका पूर्व अध्यक्ष एवं शिक्षाविद घनश्याम पाठकले राज्यसंग नैतिकता नभएका कारण शिकहरुसंग भएका संझौता कार्यान्वयन गर्न अग्रसर नभएको भन्दै अन्य संगठनहरु सत्ताको ताबेदारी गर्ने र भ्रष्टचारमा तल्लिन हुँदा छरिएर रहेका क्रान्तिकारी शिक्षकहरुलाई समेटेर संगठनको पहलकदमिमा सम्झौता कार्यान्वयनका लागि दबाब सृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सहअध्यक्ष गुणाखर भट्टराई, नेकपाका केन्द्रीय सदस्य सरद सी, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य गंगा नेपाल, नेपाल शिक्षक परिषद् रुपन्देही अध्यक्ष भिमदेव पाण्डे, कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापा, कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली, अधिवक्ता ज्ञानु केसी, सहिद परिवार मिना न्यौपाने, केन्द्रीय लेखा संयोजक राम्जी आचार्य, लुम्बिनि प्रदेश अध्यक्ष भिमदेब ढकाल नेकपा रुपन्देही सेक्रेटेरी बिरेन्द्र सी, अखिल समाजबादीका पदम सी लगायतले बोलेको थिए ।

संगठनका पूर्व अधिकारीहरुलाई सम्मानसमेत गरिएको सो कार्यक्रम संगठनका जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता, जिल्ला उपाध्यक्ष अर्जुन पोखरेलको स्वागत र सचिव दिपक बन्जाडेको संचालनमा अधिवेशन भएको हो ।