आइटीको क्षेत्रमा टुना टेक्नोलोजी अब्बल छ, अध्यक्ष पोखरेल

बुटवल, असोज १४ गते । तीन वर्ष अघिदेखि बुटवलमा सञ्चालन गरिएको थियो टुना टेक्नोलोजी । आइटीको क्षेत्रमा काम गर्नका लागि व्यवसायीक रुपमा सञ्चालन गरिएको टुना टेक्नोलोजीले एसीया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागिता जनाउन तयार भएको छ । अहिले त्यही अनुसारको तयारी गरेको सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष गणेशचन्द्र पोखरेलले जानकारी गराएका छन् ।

आगामी डिसेम्बरमा ब्रुनाईमा हुने उक्त प्रतिस्पर्धामा नेपालबाट टुनाले सहभागिता जनाउन पाउने भएको हो । अवार्डमा सहभागिताका लागि गरिएका तयारी तथा कम्पनीले हालसम्म गरेका कार्यबारे अध्यक्ष पोखरेलले जानकारी गराएका छन् ।

कम्पनीका अध्यक्ष गणेशचन्द्र पोखरेलले विदेशमा रहेका नेपालीहरुलाई समेत रोजगारमा जोड्नेगरी काम गरिरहेको जानकारी दिंदै आइटी क्षेत्रका विद्यार्थीलाई केही मात्रमा भएपनि विदे जानबाट रोकिएको बताए ।

अध्यक्ष पोखरेलका अनुसार यसै वर्ष सम्पन्न नास आइटी अवार्ड २०२४ समेत जित्न सफल टुनाले आइटी क्षेत्रमा लागेका युवाहरुलाई रोजगारसंग जोड्दै विश्व बजारमा समेत उत्पादन विक्री गर्ने योजना छ ।
डिसेम्बरमा हुने यशिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा विभिन्न १७ राष्ट्र बीच प्रतिस्पर्धा हुंदा नेपालको प्रतिनिधित्व गरेर जान पाउंदा आफूहरु उत्साहित भएको उनले बताए ।

कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टिमले उत्पादन क्षेत्रलाई लक्षित गरेर कमप्लिट इआरपी, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एप, लगाएतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ ।
कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिस्ठित र प्रविधि तर्फको ठूलो तथा महत्वपूर्ण आइसिटी अवार्ड स्टार्टअप प्रोभिन्स अवार्ड २०२३ समेत प्राप्त गर्न सफल भएको थियो ।

विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन प्रयोग गर्दै आएको नेपाल सरकारले आफ्ना कार्यालयहरुमा नेपाली उत्पादनलाई नै प्रयोग गरेर प्रोत्साहन गर्नुपर्ने उहाको सुझाव छ । हाल ४० जना बढीलाई रोजगार सिर्जना गरिहेको यस कम्पनीले रुपन्देहीका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई समेत इन्टनसिप उपलब्ध गराउंदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले बताए ।

आईटी क्षेत्रमा नेपाली कम्पनीहरु पनि सक्षम छन भन्ने उदाहरण आफूहरुले प्रस्तुत गर्न चाहेको बताउँदै उहाले सरकारबाट नीतिगत सहयोगको समेत अपेक्षा गर्नुभयो ।
टुना टेक्नोलोजी २०७८ सालमा बुटवलमा युवा व्यवसायीहरु मिलेर खोलेको एक मात्र व्यवस्थित आइटी कम्पनी हो । टुना टेक्नोलोजी कम्पनीले अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ । भविश्ष्यमा यसलाई विश्वव्यापी गराउने योजना रहेको टुना टेक्नोलोजी कम्पनीका लगानी कर्ताहरुले बताएका छन् ।

राज्यका निकायहरुसंग काम गर्न केही नीतिगत कमजोरी हुंदा समस्या भएपनि राज्य र सरकारपक्षसंग सहकार्य गरेर काम गर्न आफुहरु तयार र सक्षम भएको उनीहरुको भनाइ छ ।