नवज्योति बोर्डिङ स्कुलको अध्यक्षमा झविन्द्र कडेल


बुटवल, चैत ५ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ चार नम्बरमा रहेको नवज्योति ईङ्लििस बोर्डिङ स्कुलमा सञ्चालक समिति गठन गरिएको छ ।

स्कुलको साधारण सभाबाट झविन्द्रप्रसाद कडेल रामबहादुर भण्डारी र लक्ष्मण ज्ञवालीको तीन सदस्य सञ्चालक समिति गठन गरिएको हो ।
२०८१ साल पुस २७ गते सम्पन्न साधारण सभाले तीन सदस्य रहेको सञ्चालक समिति चयन गरेको थियो । त्यस्तै यही चैत ३ गते बसेको सञ्चालकहरको बैठकले स्कुलको सञ्चालक समितिको अध्यक्षमा झविन्द्रप्रसाद कडेललाई अध्यक्ष बनाएको प्राचार्य टोपबहादुर केसीले जानकारी गराए ।
नवनिर्वाचित अध्यक्ष कडेलले स्कुललाई समयको माग अनुसार अगाडी बढाउने प्रतिबद्वता जनाएका छन् ।























