सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बुटवलमा रक्तदान


बुटवल, चैत ११ गते । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवका अवसरमा रक्तदान गरेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बुटवलले बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको प्रदेश कार्यालय बुटवलले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले रगतको अभाव हुन नदिने गरी अबका दिनमा रक्तदान कार्यक्रमलाई नियमित बनाउने बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तथा वरिष्ठ एजेन्सी मेनेजर धनपति खनालले रक्तदान कार्यक्रम आयोजना गर्नु र रक्तदान दिनु मानवीय धर्म भएको बताउंदै रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नारायणगढ क्षेत्रका क्षेत्रीय प्रबन्धक मदन गाहाले रक्तदाताहरुलाई धन्यवाद दिदै संस्थाले रक्तदान जस्ता अन्य सामाजिक कार्यहरु गरिरहेने प्रतिवद्दता जनाए ।
उक्त रक्तदान कार्यक्रममा रक्तदातासहित वरिष्ठ एजेन्सी मेनेजरहरु , अभिकर्ताहरु शुभ चिन्तकहरु, शाखा प्रमुखहरु तथा कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।






















