सदुपयोग सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन

बुटवल, जेठ १० गते । रुपन्देहीको तिलेत्तमा २ मा सञ्चालित सदुपयोग बचत तथा ऋण सहकारीले शनिबार रक्तदान कार्यक्रम गरेको छ । वार्षिक कार्ययोजना अनुसार सदुपयोग बचत सहकारीले नियमित रक्तदान अन्तरगत १६ औं पटक रक्तदान गरेको हो ।

तिलोत्तमा २ जानकीनगरस्थित शेयर कम्पलेक्समा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जानले रक्तदान गरेको कार्यक्रम संयोजक पे्रम नेपालीले जानकारी गराएका छन् ।

सहकारीका अध्यक्ष कमल अर्यालले रक्तदान जीवन दान भन्ने नारालाई साहाकार बनाउने गरी रक्तदान कार्यक्रमलाई नियमपूर्वक नियमित गर्ने बताए । उनले रगतको अभावमा कसैको ज्यान जान नहुने बताउंदै उमेर अवस्था पुगेपछि रक्तदान गर्नुपर्छ भन्ने जनचेतना जगाउनु पर्नेमा जोड दिए ।

सहकारीका पूर्व अध्यक्ष तथा अहिलेका सल्लाहाकार कर्णबहादुर टण्डनले रक्तदान भन्दा ठूलो दान केही नहुने भएकाले रक्तदान गर्न कसैले पनि कन्जुसाई गर्न नहुने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार तथा सहकारीका पे्रस सल्लाहाकार खिमानन्द भट्टराईले रक्तदान गर्नु मानवीय सेवा भएकाले मानवीय सेवामा सबै जुट्नु पर्ने बताउंदै रगत दान गर्ने व्यक्ति स्वस्थ्य हुने र रगत पाउने व्यक्तिले जीवन जिउने भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरे ।

सहकारीका अध्यक्ष कमल अर्यालको अध्यक्षता र सचिव प्रकाश चापागाईको सञ्चालनमा कार्यक्रम भएको थियो ।