रक्तदाता समाज तिलोत्तमाको अध्यक्षमा पाठक


बुटवल, जेठ गते । नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन नयाँ नेतृतव चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले सागर पाठकको अध्यक्षतामा आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा पुर्णचन्द्र सुवेदी, उपाध्यक्षमा अन्जु पौडेल, महासचिवमा सम्झना पाण्डे, कोषाध्यक्षमा भेषराज आचार्य, सचिवमा शंकर गौतम, सहकोषाध्यक्षमा धनपती पौडेल चयन भएका छन् । सदस्यहरुमा रोहिता राई राना, शिव पाण्डे, रविन जोशी, सागर भट्टराई, राधिका भुसाल, चन्द्र पाण्डे चयन भए ।
यस अघि अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख खाणले स्वयंसेवी संस्थाहरुका कारण यस क्षेत्रमा रगत अभावको अवस्था नआएको बताउनु हुदै रगतको अभाव हुन नदिन र बिरामीलाई आवश्यक परेको बेलामा रगत व्यवस्थापनमा अहम भूमिका खेल्न सबैलाई आग्रह गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रुपन्देही जिल्लाले छिमेकमा रहेका जिल्लाहरुको लागि समेत रगत व्यवस्थापन गर्नु पर्ने भएकाले यस क्षेत्रमा धेरै रगत र रगत आवश्यक पर्ने हुंदा यसको व्यवस्थापनमा तिलोत्तमा शाखाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताले रगत र रक्ततत्वको व्यवस्थापनमा सक्रिय यस्ता संघसंस्थाहरु यस क्षेत्रकै गहना भएको र यस्ता संघसंस्थालाई सबै क्षेत्रबाट सहयोग गर्नु सबैको कतव्र्य भएको बताएका थिए । कार्यक्रममा १ वर्षभरी संयुक्तरुपमा रक्तदान सम्पन्न गरेको संस्थाहरुलाई, सहयोगी संस्था तथा निरन्तर रक्तदान गर्ने रक्तदाता र संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।
अञ्जु पौडेलको अध्यक्षता तथा महासचिव सागर पाठकको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा विशिष्ट संरक्षक अर्जुनप्रसाद पौडेल, सल्लाहकार टेकबहादुर थापा, तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिलबहादुर भट्टराई लगायतले बोलेका थिए ।






















