सुनचाँदी व्यवसायहरु पसल बन्द गरि आन्दोलनमा
कर र भ्याट खारेजीको माग गर्दै मोटरसाइकल ¥याली


बुटवल, २० असार ।
सरकारले सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचादी व्यवसायीहरुले शुक्रवार बुटवलमा वृह्त मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् ।
बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको आवहानमा विपीचोकबाट सुरु भएको मोटरसाइकल ¥याली ट्राफिकचोक, अस्पताललाइन, दिपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, वेलवास हुदै ट्राफिकचोकमा आएर समापन भएको थियो । विरोधसभामा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दिपक कुमार विक र चेतनारायण विक, सुनचादी कालिगड संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जित मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नु भयो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गकुल विश्वकर्मा, स्वागत उपाध्यक्ष कृष्ण सुनार तथा सञ्चालन चुरामणी विकले गर्नु भएको थियो ।


सरकारले आ.व. २०८२÷०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले सिधै उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै सुनचादी व्यवसायी चरणबद्ध आन्दोलनलाई उत्रेका छन् । चरणबद्ध आन्दोलनका क्रममा व्यवसायीहरुले पसल बन्द गरेका छन् ।
नेपाल सुनचादी व्यवसायी महासंघ तथा नेपाल सुनचादी रत्न तथा आभुषण महासंघको संयुक्त आवहानमा सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा विरुद्ध चरणबद्ध आन्दोलन गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले बताउनु भयो ।

व्यवसायीहरुले सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाउदा त्यसले प्रत्यक्ष रुपमा उपभोक्ता मुल्य चर्को हुने बताएका छन् । त्यसबाट व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना हुने दावी गरेका छन् । त्यसैगरि छिमेकि भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दर तथा अन्य करमा एकरुपमा नहुदाँ मूल्यमा भिन्नता आउने र नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था सिर्जना हुने उनीहरुको भनाई छ ।























