प्रहरी चौकिलाई सामुदायीक वनको सहयोग


बुटवल ।
शिवनगर सामुदायीक वन उपभोक्ता समुह, बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहेको प्रहरी चौकि, श्रवणपथलाई नागरिक सहायता कक्षका लागि ३ थान काठका बेञ्ची तथा टेवलहरु निशुल्क प्रदान गरेको छ ।
मंगलवार चौकिमा आयोजित एक कार्यक्रममा सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष मनोज गौचनले चौकिका इञ्चार्ज प्रहरी सहायक निरिक्षक खगेन्द्र पराजुलीलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।


चौकिले थैवचोकमा स्थापना गरेको नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने र सेवा लिन आउने नागरिकको सुविधाका लागि उक्त सामाग्री प्रदान गरेको वन अध्यक्ष मनोज गौचनले बताउनु भयो । अध्यक्ष गौचनले समाज सुधारका लागि गरिने काममा खटिने सुरक्षाकर्मीहरुलाई साधनश्रोतमा बलियो बनाउने उद्देश्य तथा सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि वनले आवश्यक्ता अनुसार सहयोग गर्दै आएको जानकारी दिनु भयो ।
सो अवसरमा चौकिका ईञ्चार्ज प्रसनि पराजुलीले सबै क्षेत्रको सहयोग र हातेमालोबाट नै समाजमा प्रहरीले सुरक्षा प्रबन्धको जिम्मेवारी पुरा गर्दै आएको बताउदै वनको सहयोगले नागरिकहरुको सेवा अझ छिटो र छरितो गर्न सकिने विश्वाास व्यक्त गर्नु भयो ।






















