७१ वर्षिय प्रेमको कृषिमा बढ्दो प्रेम


श्यामलाल पोखरेल
बुटवल, कार्तिक २४ गते । प्यूठानको ऐरावती गाउंपालिका वडा नम्बर १ दाङावाङका प्रेमनारायण आचार्य उमेर ७१ वर्ष पुग्न थालेका छन् । उमेरलेवृद्वि भएपनि २० ।२२ वर्षे युवाले जस्तै काम गरेर आफ्नो कृषि पेशा धानेका छन् ।

उनको नत कुनै जागिर छ, नत कुनै उद्योग व्यापार नै । उनको छ, कृषि पेशा, हातमा काम गर्ने सीप, कृषिप्रति आत्मविश्वास र निरन्तरता । उनको कृषि पेशा जिजुबाजोका पालादेखिको पुर्र्खौली पेशा हो । विकास र भौगोलिक विकटाको हिसावले प्यूठानको दाङवाङ पछाडी पारिएको एक भूगोल हो ।
आफ्नो गाउंबाट धेरैजसो घरपरिवार बसाई सराई गरेर तराई झरेर गाउं रित्तो जस्तै भएपनि आफ्नै जन्म गाउंमा बसेर वृद्व पे्रमनारायण आचार्यले आफ्नो पुर्खौली पेशा कृषि पेशामा रमाएका छन् । पछिल्लो समय दाङवाङलाई सडकले जोडेपनि पानीको अभावनै छ । अहिलेपनि प्रसस्त खानेपानीको अभाव भएको उक्त गाउंमा पे्रमनारायणले पानी बोकेर भएपनि कृषि पेशा छोडेका छैनन् ।

गाउंमा सिंचाईको कुनै सुविधा छैन । उनलाई कसैले सहयोग पनि गरेका छैनन् । कृषिमा उनलाई साथ दिने ६८ वर्षिय श्रीमती देवका आचार्यबाहेक साहारा दिने कोही नभएपनि कृषिप्रतिको उनको पे्रम दिन प्रतिदिन बढ्दो छ । उमरे काम गर्न छोडछोड भनिरहेको छ, तर उनले कृषिका आयमहरु थप्दै गएका छन् ।
पहिलादेखि मकै, गहु, धान, तोरी, सरसिउ, आलु, प्याज, लसुन, गोपी, हलेतो, अदुवा र विन्नि प्रकार नगदेवालीहरु खेती गर्दै आएका पे्रमनारायाणले पछिल्लो समय व्यवसायीक रुपमा केराखेती गर्न थालेका छन् । दाङवाङमा स्याउसमेत फलाएका उनले अहिले ५ रोपनी जग्गामा केराखेती गर्न थालेका छन् ।
बाख्रा पाठा पाल्नमा गाउंमै मारिह मानिने प्रेमनारायणले सबै भन्दा राम्रो र आम्दानी दिने केराखेती भएको बताए । बाख्रा पाठा पाल्दा मिनेटै पिच्छे स्याहार सुसार गर्नुपर्ने, अन्य खेतीपातीलाई दैनिक रुपमा ध्यान दिनुपर्ने र केराखेती गरेपछि बिक्रीपनि घरबाटै हुने, कम सुसार गरेर हुने भएकाले केराखेती रोजेको उनको भनाइ छ ।
गाउंघरको लोकल मानिने मुंग्रे, फुर्से, मालवक र जादी, कुटुरे झुप्रीलगायत विभिन्न जातका पसाएका र पसाउने उमेर पुगेका २ सय बढी केरा छन् । केरा पसाएर कोशा बनेपछि काचैपनि बिक्री हुने र पाकेपछि घरबाटै खोसाखोस हुने भएकाले बजार खोज्न कही कतै भौतारिन नपर्ने कृषक आचार्यले मिसन डुडेलाई बताए । प्रेमनारायणले केराखेतीसंगै कागती, मेवा, अमिला, मौसमी र कागतीका विरुवासमेत रोपेका छन् । अर्को साल उत्पादन दिने गरी यि विरुवाहरु हुर्किरहेका छन् ।
प्रति कोशा काचैमा रु ५ रुपैयांमा र पाकेका केरा प्रतिदर्जन हेरिक
न ७० देखि ९० रुपैयांमा बिक्री हुने सुनाउंदै उनले भने – विजुवार, बाग्दुला, खलङा, बरौलाबाट फोन गरेर केराका ग्राकहरुले खोज्ने गरेका छन् । केराखेती गरेको छ, भन्ने थाहा पाएपछि अहिले दाङ, देउखरी र भालुवाङबाट पनि केरा खानका लागि फोन आउने गर्दछ । बजारको माग अनुसार केरा उत्पादन गर्न सकेको छैन । माग पुरा गर्नेगरी केराखेती बढाउने योजना बनाएको ७१ वर्षिय कृषक प्रेमनारायणले बताए ।
दाङवाङमा काम गर्ने मान्छे र सिंचाइको अभावले कृषि गर्न समस्या भएपनि पे्रमनारायण र देवका आचार्यले बाउबाजेका पालादेखिको कृषि पेशा छोडेका छैनन् । विकासले साथ नदिएपनि कृषिका लागि दाङवाङलाई प्रकृतिले साथ दिएको छ । पारीलो र मलिलो माटो भएकाले दाङवाङमा धानखेतीबाहेक अन्यसबै जसो खेती हुने बलबहादुर नेपालीले बताए ।
उमेरले आरम गर्ने अवस्थाका पे्रमनारायण र देवकलाले केरालगायतका अन्य कृषि उत्पादन बिक्री गरेर वार्षिक रुपमा ५ लाख कमाई हुने सुनाए । गाउंबाट धेरैजसो बसाई सरेर तराई झरेपछि केही वर्ष यतादेखि दाङवाङ गाउं सुनसान छ । पहिलाको बाक्लै वस्तीका घरहरु ढली सकेका छन् । गाउंमा वस्ती घटेपछि विकासका योजनाहरु असाध्यै कम हुंदै जांदा सिंचाईका लागि दाङवाङमा पानी ल्याउने अवस्था कमजोर बन्दै गएको छ, ।
राजनीतिमा लागेका, पढेलेखेका र कमाइ गर्न सक्ने जतीले गाउं छोडी सकेका छन् । गाउंमा रहेकाहरुको राजनीतिक पंहुच नहुंदा आवश्यक अनुसारका विकासका योजनाहरु घड्दै गएको स्थानीयको गुनासो छ ।
दाङवाङ पशुपालनका लागि पनि अब्बल गाउं मानिन्छ । जहां पशु तथा गाईभैसी र बाख्राले मन पराउने घांसको खानीनै भएको गाउं हो दाङवाङ । यहांका अधिकांस घरपरिवारको मुख्य आयश्रोत भनेको बाख्रा पालन हो । दाङवाङमा पहिलेदेखि नै सबै घरपरिवारले बाख्रापालन गर्दै आएको खिमप्रसाद आचार्यले बताए ।
मेरो जीविका बाख्रापालनबाट चलेको र म जस्ता धेरैको आयाश्रोतको माध्यम बाख्रापालन हो खिमप्रसादले भने ।






















