प्रहरीलाइ पुस्तक सहयोग


बुटवल, माघ १८ गते । बुटवल उद्योग वाणिज्य संघ अन्तरगतको रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा स्पोर्टसका सामाग्री प्रदान गरको छ । बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैंया बढीको पुस्तक तथा स्पोर्टसका सामाग्री दिएको हो ।

नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा स्पोर्टस सामाग्री हस्तान्तरण गरेको संघका पे्रस सल्लाहकार कविन्द्र नेपालले जानकारी गराए ।
संघका अध्यक्ष अर्यालले २४ सै घण्टा शान्तिसुरक्षामा खटिने प्रहरी र यवसायीक तथा सामाजिक संघसंस्थाबीचको सम्बन्ध नंग र मासुको जस्तै हुनुपर्ने बताए ।
पुस्तक तथा स्टेशनरी बस्तुगत समितिका सभापति बोधराज शर्माले समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै वगतका वर्षमा गरिव तथा विपन्न परिवारका बालबालिका, कारागारका कैदी वन्दीलाई पुस्तक प्रदान गरिएको बताउँदै अहिले प्रहरीलाई सानो भएपनि सहयोग गरिएको बताए ।

त्यस अवसरमा बोलदै नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्लले आफूहरुको सानो आग्रहमा गणमा आएर पुस्तक तथा स्पोर्टसका सामाग्री प्रदान गरेको बुटवल उद्योग वाणिज्य संघ र पुस्तक तथा स्टेशनरी बस्तुगत समितिलाई धन्यवाद व्यक्त गर्दै समाजिक क्षेत्रमा सधै सहकार्य गरेर काम गर्ने बताए ।
एकले अर्कोलाई सहयोग गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिंदै प्रहरी उपरिक्षक मल्लले यो सहयोगले मुस्कानसहितको प्रहरी सेवालाई मद्धत पुराउने बताए ।























