सिद्वार्थ ग्रुपको स्थापना दिवसमा रक्तदान र सरसफाई


बुटवल, माघ २२ गते । पर्यटन व्यवसाय चलाउंदै आएको सिद्वार्थ ग्रुप प्रालिले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउंदै छ । पूर्व– मेचीदेखि पश्चिम महाकालीका विभिन्न जिल्लामा होटल सञ्चालन गरेको सिद्वार्थ ग्रुप प्रालिले माघ २३ गते २८ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रको आयोजना गरी मनाउने भएको छ ।

होटल स्थापना गरेको दिन तथा स्थापना दिवसका अवसरमा सिद्वार्थ कटेज प्रालि योगिकुटीले माघ १७ गते सरसफाई कार्यक्रम गरेको छ । बुटवलको योगिकुटीदेखि तिलोत्तमाको शान्तिकुञ्जसम्म सरसफाई गरिएको हो । त्यस्तै सरसफाईका साथै स्थापना दिवसकै अवसरमा सिद्वार्थ कटेज प्रालि योगिकुटीले रक्तदान कार्यक्रम गरेको छ ।
बुधबार आयोजित रक्तदान कार्यक्रममा ३इ युनिट रगत संकलन भएको सिद्वार्थ कटेज प्रालि योगिकुटीका रेष्टुरेण्ट म्यानेजर सनत केसीले जानकारी गराए ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

मघ २३ गते विशेष कार्यक्रमका साथ केक खुशीयालीमा केक काटेर स्थापना दिवस मनाइने छ ।























