‘कामरेड जलजला’ उपन्यासको विमर्श


काठमाडौँ, चैत २८ गते । कम्युनिष्ट नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ उपन्यासको विमर्श कार्यक्रम गरिएको छ।
शनिबार काठमाण्डौको बागबजारस्थित हार्दिक होटलमा विेशष कार्यक्रमको आयोजना गरी ‘कामरेड जलजला’ उपन्यासको विमर्श गरिएको हो ।
उपन्यासकार सिंहको प्रमुख आतिथ्यमा अघि बढेको उक्त कार्यक्रमको पूर्वाद्र्धको करिब आधा घण्टासम्म उपन्यासको प्राक्कथनको भिडियो प्रस्तुति प्रस्तुत गरिएको थियो ।
लगत्तै उपन्यास समाजका अध्यक्ष शङ्कर भारतीको अध्यक्षता तथा प्रगतिशील साहित्यकार समीर सिंहको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।
उपन्यासका बेग्लाबेग्लै पाटोमा विषयगत प्रकारले फरकपरक अतिथि तथा स्रोताबाट अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा मुख्यतः डा. कौशिला रिसाल, डा. हरिप्रसाद सिलवाल, शम्भुराम जोशी, डा. गोविन्दप्रसाद आचार्य र मनोज भट्टले विमर्शमा भाग लिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कावा अध्यक्ष रश्मिराज नेपाली, प्रकाशक जनशिक्षा गृहकी प्रमुख तथा राजमो उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमोका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, साहित्यकारहरू डा. रामहरि अधिकारी, रामविनय श्रेष्ठ, लोकबहादुर थापा, बलभद्र भारती, किसान नेता भैरवराज रेग्मी, विद्या ढकालका परिवारका जितेन्द्र ढकाल, अजिता ढकाललगायतको पनि आतिथ्य रहेको थियो ।























